वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष ०७८/८९ मा ७ अर्ब रुपैयाँभन्दा बढी बजेट रकमान्तर गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनभित्रै मतभेद र कानुनी जटिलताका कारण पूरक बजेट ल्याउने निर्णयबाट पछाडि हटेको प्रदेश सरकारले वर्षैंभरि रकमान्तर गरेर आफ्ना प्राथमिकताका योजना कार्यान्वयन गर्ने नीति अवलम्बन गर्न लागेको हो ।