कञ्चनपुर – विदेशबाट फर्केका शुक्लाफाँटा नगरपालिका–३ का युवा बङ्गुरपालन व्यवसायमा संलग्न हुन थालेका छन् । बङ्गुरबाट गतिलो आम्दानी हुने भएकाले उनीहरूले फार्म नै दर्ता गरेर पाँच लाखदेखि १० लाख रूपैयाँसम्म लगानी गरेर यो व्यवसाय गरेका हुन् ।
विगतमा काठको खोरमै हिलो बताएर बङ्गुर पालन गरिँदै आएकामा उनीहरूले आधुनिक तरिकाको खोर निर्माण गरी फोहर सजिलै सफा गर्न सकिने गरी काम गर्दै आएका छन् । वडा नं ३ मा मात्रै व्यावसायिक रूपमा फार्म दर्ता गरी बङ्गुर पाल्ने युवाको सङ्ख्या आधा दर्जनभन्दा ब...