कर्णालीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द हुने

हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ । पुलको पूर्वतर्फ छेउको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन आवागमन नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना जारी गर्दै पुलको मर्मत गर्दा आवागमन नहुने बताएको छ । मङ्गलबारदेखि मर्मत सुरु गरी यही असोज २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको हुनाले सो अवधिमा आवागमन कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा जानकारी दिए ।

सम्बन्धित सामग्री

कर्णालीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द

भजनी- हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ । पुलको पूर्वतर्फ छेउको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन आवागमन नहुने भएको हो । जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना जारी गर्दै पुलको मर्मत गर्दा आवागमन नहुने बताएको छ । मङ्गलबार मर्मत सुरु भएकाले असोज […]

कर्णालीको सत्ती पुलबाट दुई हप्ता आवागमन बन्द हुने

हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ ।

टीकापुर र राजापुर जोड्ने सत्ती पुल भासियो

असार १३, कैलाली । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ ।  हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिएका छन् । उनले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए ।   कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भइरहेको स्थानीय भीम बिकले जानकारी दिए । पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन ।  पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो । रासस

भासियो टीकापुर र राजापुर जोड्ने सत्ती पुल

कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ ।हुलाकी राजमार्ग अन्तर्गतको पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए ।उनले भासिएका स्थानमा मर्मत प्रयास भइरहेको बताए ।कटान हुन थालेपछि अहिले पुलमा आवागमन बन्द गरिएक...