सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग

होटलहरुको छाता सङ्गठन होटल व्यवसायी महासङ्घले सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । महासङ्घका अध्यक्ष हिराध्वज शाहले मङ्गलबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले बन्दाबन्दी गरेपछि अस्तव्यस्त रहेको होटल व्यवसाय सावधानी अपनाएर खोल्न पाउनुपर्ने माग गर्नुभएको हो । कोरोना सङ्क्रमण शुरु हुनेबित्तिकै होटल व्यवसायीले राज्यलाई होटल क्वारेन्टिनका रूपमा उपलब्ध गराउने घोषणा गरे पनि सरकारले महङ्गो शुल्कमा अन्य संस्थासँग सम्झौता गरेको महासङ्घको ठहर छ । महासङ्घले कतार, मलेशिया, दुबईलगायत खाडी मुलुकबाट कोरोना सङ्क्रमणका कारण नेपाल फर्केका श्रमिकलाई आफ्नै खर्चमा महङ्गा होटलमा बस्न लगाउनु दुःखद् भएको बताएको छ । महासङ्घले बन्दाबन्दीको समयमा होटल सञ्चालन नहुँदा होटल व्यवसायीलाई ठूलो मार परेको भन्दै होटलको घरभाडामा ५० प्रतिशत तथा बिजुली, पानी, टेलिफोन, इन्टरनेट महसुलमा विशेष छुटको व्यवस्था गर्न आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

चितवनमा रात्रिकालीन हवाई उडानको व्यवस्था गर्न सौराहाका व्यवसायीको माग

२९ पुस, चितवन । चितवनको सौराहाका होटल तथा पर्यटन व्यवसायीहरुले चितवनबाट रात्रिकालीन हवाई सेवा सञ्चालनको व्यवस्था मिलाइदिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समक्ष माग गरेका छन् । बिहीबार साँझ सौराहा पुगेका लामिछानेलाई स्वागत गर्दै सौराहाका व्यवसायीहरुले संयुक्त रुपमा उक्त माग गरेका हुन् । क्षेत्रीय होटल संघ नेपाल चितवन कार्यवाहक अध्यक्ष, योगेन्द्रनाथ अधिकारी, युनाइटेड हात्ती सञ्चालन […]

पर्साका प्रजिअलाई होटल व्यवसायीको ज्ञापनपत्र

२५ पुस, वीरगञ्ज । वीरगञ्जका होटल व्यवसायीले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् । कोरोना महामारीका कारण थलिएको होटल व्यवसायलाई पुनरुत्थानका लागि राति १२ बजेसम्म सञ्चालन गर्न पाउनुपर्ने माग उनीहरुको छ । सरकारले संघीय राजधानी काठमाडौं लगायत देशका महानगरपालिका तथा महत्वपूर्ण पर्यटकीय स्थलहरुमा कार्यविधिका आधारमा होटल तथा पर्यटन व्यवसायहरु २४ […]

राराको होटल हटाउन सर्वसाधारणको माग

कर्णालीको मुख्य पर्यटकीय गन्तव्य रारातालमा २२ वर्षदेखि बिनाप्रतिस्पर्धा एउटै व्यक्तिले होटल सञ्चालन गरिरहेको भन्दै स्थानीयले होटल हटाउन माग गरेका छन् । २०५६ सालदेखि राराको हुटुमा प्रतिनिधिसभा सदस्य गोपालबहादुर बमले क्यान्टिनको नाममा डाँफे गेस्ट हाउस सञ्चालन गर्दै आइरहेका छन् ।

पर्यटन व्यवसाय सञ्चालन गर्न सरकारसँग माग

विज्ञहरुले पर्यटन व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञहरुले पर्यटन व्यवसाय पूर्णरुपमा सञ्चालन हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेका हुन । नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा […]

पर्यटन व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग व्यवसायीको माग

काठमाडौं, भदौ २७ । विज्ञहरुले पर्यटन व्यवसायलाई निर्बाध रुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन । नेपाल पर्यटन […]

सल्यानका होटल व्यवसायीद्वारा कोरोना विरुद्धको खोप माग

सल्यान । सल्यानका होटल व्यवसायीले कोरोना भाइरस विरुद्धको खोपमने माग गरेका छन् । पछिल्लो समय बजार क्षेत्र तथा होटलहरूमा सेवाग्राही बढेसँगै कोरोनाको जोखिम समेत भएकाले आपूmहरूलाई खोप उपलब्ध गराउन उनीहरूले माग गरेका हुन् । जिल्लाभर साना ठूला करीब ७०० होटल रहेको होटल व्यवसायी संघ सल्यानले बताएको छ । यी होटलमा सेवाग्राही बढ्न थालेका छन् । जिल्लामा करीब तीन दर्जन ठूला होटल, ६ दर्जनभन्दा बढी मझौला र बाँकी साना होटल छन् । प्रायः बाहिरी क्षेत्रबाट आउने सेवाग्राहीबाट कोरोनाको जोखिम धेरै रहेको होटल व्यवसायी संघ सल्यान वरिष्ठ उपाध्यक्ष विकास डीसीले बताए । दैनिक रूपमा होटलमा आउने सयौं सेवाग्राहीसँग घुलमिल हुने भएकाले कोरोनाको जोखिम धेरै भएको बताए । यसका लागि सरकारले अन्य क्षेत्र जस्तै होटल व्यवसायलाई प्राथमिकता दिएर खोप अभियान सञ्चालन गर्नुपर्ने उनको माग छ । ‘जति मात्रामा नागरिकको जमघट हुने सार्वजनिक स्थलमा कोरोनाको जोखिम रहन्छ, त्यही जोखिम होटलमा पनि रहन्छ, कोरोनाबाट कुन सुरक्षित छ, कुन छैन भनेर थाहा हुँदैन, हाम्रो व्यवसाय सेवामूलक भएकाले सेवा दिनु नै प¥यो,’ उनले भने, ‘एकातिर कोरोनाका कारण आर्थिक मन्दी छ, लामो समयपछि होटल सञ्चालन भएका छन्, कोरोनाको जोखिम पछि त्यत्तिकै छ ।’ होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष मानबहादुर वलीले प्राथमिकताको आधारमा होटल सञ्चालकका साथै सम्बद्ध कर्मचारी÷कामदारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरिनुपर्ने बताए । कोरोना जोखिमका कारण केही सेवाग्राही होटलमा बस्न समेत आनाकानी गर्ने गरेको उनको भनाइ छ । कोरोनाका कारण अस्तव्यस्त बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

सल्यानका होटल व्यवसायीद्वारा कोरोना विरुद्धको खोपको माग

सल्यान १७, साउन । सल्यानका होटल व्यवसायीहरुले कोरोना भाइरस विरुद्धको खोपको माग गरेका छन् । उनीहरुले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र यस्तो अवस्थामा होटल व्यवसायीहरु पनि कोरोना भाइरसको उच्च जोखिममा रहेकाले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गर्न माग गरेका हुन् ।  पछिल्लो समयमा बजारक्षेत्र तथा होटलहरुमा सेवाग्राहीको संख्या बढ्दै गएकाले कोरोनाको जोखिम बढेको उनीहरुको भनाइ छ ।  सल्यान जिल्लाभर साना ठूला गरेर झण्डै ७०० बढी होटल रहेको होटल व्यवसायी संघ सल्यानले जानकारी दिएको छ । यी साना तथा ठूला होटलहरुमा सेवाग्राहीको संख्या बढ्न थालेका छन् ।  जसले गर्दा कोरोनाको जोखिम बढेको र सरकारले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गरिदिनु पर्ने उनीहरुले माग समेत गरेका छन् । जिल्लामा करीब तीन दर्जन ठूला होटल, छ दर्जन बढी मझौला र बाँकी साना होटल रहेका छन् । प्रायः बाहिरी क्षेत्रबाट आउने सेवाग्राहीहरुबाट कोरोनाको जोखिम धेरै रहेको होटल व्यवसायी संघ सल्यान वरिष्ठ उपाध्यक्ष विकास डिसीले बताए । उनले दैनिक रुपमा होटलमा आउने सयौँ सेवाग्राहीहरुसँग घुलमिल हुने भएकाले कोरोनाको जोखिम धेरै भएको बताए । यसका लागि सरकारले अन्य क्षेत्र जस्तै होटल व्यवसायलाई प्राथामिकता दिएर खोप अभियान सञ्चालन गर्नुपर्ने उनको माग छ ।  ‘जति मात्रामा नागरिकको जमघट हुने सार्वजनिक स्थलमा कोरोनाको जोखिम रहन्छ, त्यही जोखिम होटलमा पनि रहन्छ, कोरोनाबाट कुन सुरक्षित छ, कुन छैन भनेर थाहा हुदैन, हाम्रो व्यवसाय सेवामूलक भएकाले सेवा दिनु नै प¥यो’ उनले भने ‘एकातिर कोरोनाका कारण आर्थिक मन्दी छ, लामो समयपछि होटल सञ्चालन भएका छन्, अर्को तीर कोरोनाको जोखिम पछि त्यतिकै छ ।’  होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष मान बहादुर वलीले प्रथामिकताको आधारमा होटल सञ्चालक तथा होटलमा कार्यरत कामदारहरुलाई कोरोना खोपको व्यवस्था गरिनुपर्ने बताए । जिल्लाभरका झण्डै ४ हजार होटल व्यवसायी तथा यस क्षेत्रमा कार्यरत कर्मचारीको लागि खोपको व्यवस्था गरिने पर्ने उनको भनाइ छ । उनले कोरोना जोखिमका कारण केही सेवाग्राहीहरु होटलमा बस्न समेत आनाकानी गर्ने गरेको बताए । कोरोनाका कारण अस्तव्यस्त बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रलाई प्राथामिकता दिनुपर्ने बताउँदै उनले बाहिरी जिल्लाबाट यस जिल्लामा आएर बस्ने र यसले आर्थिक उपार्जनमा टेवा पु¥याउने गरि सोच्नु पर्ने बताए । होटल क्षेत्रलाई पनि प्राथामिकतामा राखेर खोप लगाउनु पर्ने उनको माग छ ।

रेस्टुरेन्ट तथा होटल व्यवसाय भौतिक रूपमै सञ्चालन गर्न दिन माग

काठमाडौँ– कोरोना महामारीका कारण बन्द अवस्थामा रहेका रेस्टुरेन्ट तथा होटल व्यवसाय भौतिक रूपमा सञ्चालन गर्न दिनुपर्ने व्यवसायीले माग गरेका छन्। होटल व्यवसायीले कर्मचारीको तलबदेखि बहाल तिर्न कठिनाइ भएको बताएका छन्। कतिपयको आफ्नो घर जग्गा भए पनि ९५ प्रतिशत रेस्टुरेन्ट व्यवसायीले भाडा तिरेर व्यवसाय सञ्चालन गर्दै आएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले जनाएको छ। […]

होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न वीरगञ्‍जका व्यवसायीको माग

११ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर […]

नाका सञ्चालन माग गर्दै बेलहियामा धर्ना

५ फागुन, बुटवल । भारतसंग जोडिएका सीमा नाकाहरु सञ्चालन गर्न माग गर्दै होटल र पर्यटन व्यवसायीले बेलहिया नाकामा धर्ना दिएका छन् । लामो समय सीमा नाका बन्द हुँदा होटल र पर्यटन व्यवसाय संकटमा परेकाले तत्काल सञ्चालन गर्न माग गर्दै व्यवसायीहरु धर्ना बसेका हुन् । कोरोना महामारीका कारण सीमा नाकाहरु एक वर्षदेखि बन्द छन् । सरकारलाई […]