सल्यानका होटल व्यवसायीद्वारा कोरोना विरुद्धको खोपको माग

सल्यान १७, साउन । सल्यानका होटल व्यवसायीहरुले कोरोना भाइरस विरुद्धको खोपको माग गरेका छन् । उनीहरुले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र यस्तो अवस्थामा होटल व्यवसायीहरु पनि कोरोना भाइरसको उच्च जोखिममा रहेकाले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गर्न माग गरेका हुन् ।  पछिल्लो समयमा बजारक्षेत्र तथा होटलहरुमा सेवाग्राहीको संख्या बढ्दै गएकाले कोरोनाको जोखिम बढेको उनीहरुको भनाइ छ ।  सल्यान जिल्लाभर साना ठूला गरेर झण्डै ७०० बढी होटल रहेको होटल व्यवसायी संघ सल्यानले जानकारी दिएको छ । यी साना तथा ठूला होटलहरुमा सेवाग्राहीको संख्या बढ्न थालेका छन् ।  जसले गर्दा कोरोनाको जोखिम बढेको र सरकारले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गरिदिनु पर्ने उनीहरुले माग समेत गरेका छन् । जिल्लामा करीब तीन दर्जन ठूला होटल, छ दर्जन बढी मझौला र बाँकी साना होटल रहेका छन् । प्रायः बाहिरी क्षेत्रबाट आउने सेवाग्राहीहरुबाट कोरोनाको जोखिम धेरै रहेको होटल व्यवसायी संघ सल्यान वरिष्ठ उपाध्यक्ष विकास डिसीले बताए । उनले दैनिक रुपमा होटलमा आउने सयौँ सेवाग्राहीहरुसँग घुलमिल हुने भएकाले कोरोनाको जोखिम धेरै भएको बताए । यसका लागि सरकारले अन्य क्षेत्र जस्तै होटल व्यवसायलाई प्राथामिकता दिएर खोप अभियान सञ्चालन गर्नुपर्ने उनको माग छ ।  ‘जति मात्रामा नागरिकको जमघट हुने सार्वजनिक स्थलमा कोरोनाको जोखिम रहन्छ, त्यही जोखिम होटलमा पनि रहन्छ, कोरोनाबाट कुन सुरक्षित छ, कुन छैन भनेर थाहा हुदैन, हाम्रो व्यवसाय सेवामूलक भएकाले सेवा दिनु नै प¥यो’ उनले भने ‘एकातिर कोरोनाका कारण आर्थिक मन्दी छ, लामो समयपछि होटल सञ्चालन भएका छन्, अर्को तीर कोरोनाको जोखिम पछि त्यतिकै छ ।’  होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष मान बहादुर वलीले प्रथामिकताको आधारमा होटल सञ्चालक तथा होटलमा कार्यरत कामदारहरुलाई कोरोना खोपको व्यवस्था गरिनुपर्ने बताए । जिल्लाभरका झण्डै ४ हजार होटल व्यवसायी तथा यस क्षेत्रमा कार्यरत कर्मचारीको लागि खोपको व्यवस्था गरिने पर्ने उनको भनाइ छ । उनले कोरोना जोखिमका कारण केही सेवाग्राहीहरु होटलमा बस्न समेत आनाकानी गर्ने गरेको बताए । कोरोनाका कारण अस्तव्यस्त बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रलाई प्राथामिकता दिनुपर्ने बताउँदै उनले बाहिरी जिल्लाबाट यस जिल्लामा आएर बस्ने र यसले आर्थिक उपार्जनमा टेवा पु¥याउने गरि सोच्नु पर्ने बताए । होटल क्षेत्रलाई पनि प्राथामिकतामा राखेर खोप लगाउनु पर्ने उनको माग छ ।

सम्बन्धित सामग्री

५ लाख डोज कोभिडविरुद्धको खोप खेर गयो, ४० लाख सिनोभ्याक्स भण्डारण कक्षमै

काठमाडौं: कुनै समय कोरोनाविरुद्धको खोप लगाउन घण्टौँ सम्म लाइनमा बस्नु पर्ने बाध्यता थियो। गत वर्ष यही समयमा खोपको माग यति थियो कि माग अनुसारको खोपको पुर्‍याउन नसक्दा खोपमा कालो बजारी समेत भएको थियो। तर अहिले समयमा नै लगाउन नसक्दा नेपालमा करिब ५ लाख डोज कोरोना विरुद्धको खोप म्याद गुज्रिएर खेर गएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति शाखाका बढेबाबु थापाका अनुसार लगभग ५ लाख डोज खोप खेर गएको आँकडा आएको बताए।उनकाअनुसार खेर ग

प्रवेशपत्रका आधारमा विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन माग

विद्यार्थीहरूलाई कोरोना विरुद्धको खोप लगाउन माग गर्दै विद्यार्थी संगठनहरूले स्वास्थ्य मन्त्रालयलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्। नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले खोपको माग गर्दै जापनपत्र...

थलिएको पोखराको पर्यटन व्यवसाय उत्थान गर्न सरकारसँग खोप माग्दै व्यवसायी

पोखरा : धर्मराएको पर्यटन व्यवसाय उत्थान गर्न पोखराका व्यवसायीहरुको दौडधुप चलिरहेको छ। कोरोनाले थला पारेको पर्यटन व्यवसाय उत्थान गर्न हारगुहार गर्दै व्यवसायीहरु बेलाबेला सम्बन्धित निकायको ढोका ढकढकाउन पुगिरहन्छन्। अहिले पोखराका पर्यटन व्यवसायीको प्रमुख माग व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप हो। सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्नका लागि खोपको माग राखेर व्यवसायीहरु जिल्ला…