खोटाङ : खोटाङका भूमिहीन र अव्यवस्थितहरुले भूमि प्राप्तिका लागि निवेदन दिने समय सुरु भएको छ।राष्ट्रिय भूमि आयोगले नेपालका २ सय ४० स्थानीय तहका लागि भदौ १ गते सूचना प्रकाशन गरेको छ।जसमा खोटाङका दश वटै स्थानीय तहहरु रहेका छन्। जिल्लाका सबै पालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम सम्बन्धित वडा कार्यालयमा भदौ १ देखि असोज ४ गतेसम्म निवेदन दिनसक्ने आयोगको सूचनामा उल्लेख छ।निवेदन दिन आयोगको केन्द्रीय कार्यालयले सूचना प्रकाशन गरेसँ