रुसले आक्रमण थालेयता खार्किभमा मात्रै ५ सय बढी सर्वसाधारण मारिए

काठमाडौं– गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा हालसम्म ५ सय भन्दा धेरै गैरसैनिक मारिएका छन् । सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै खार्किभ क्षेत्रका गभर्नर ओलेग सिनेगुबोभले रुसी आक्रमणका कारण हालसम्म सो क्षेत्रमा ५०३ जनाको मारिएको जनाएका हुन् । उनका अनुसार मारिनेमा २४ जना बालबालिका समेत छन् । ‘यो निर्दोष […]

सम्बन्धित सामग्री

औषधिमाथिको प्रतिबन्ध, मानवता विरुद्धको अपराधः युक्रेन

आफ्नो देशमाथि रुसले आक्रमण गरेदेखि औषधि जस्तो अत्यावश्यक क्षेत्र र सेवाको पहुँच माथि प्रतिबन्ध लगाएको र त्यो कार्य मानवता विरुद्धको अपराध भएको उनले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा बताएका छन्।...

रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

युक्रेनमा रुसले फेरि क्षेप्यास्त्र आक्रमण गरेको छ। युक्रेनमा पछिल्लो समय लगातार रुसले आक्रमण गरिरहेको छ। पछिल्लो आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको बताइएको छ। देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा...

बेलायतले युक्रेनलाई तीन अरब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने

काठमाडौँ । बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन् । रुसले आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको युक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो । युक्रेनमाथि रुसले आक्रमण गर्दा बेलायतले सुरुमै आक्रमणको विरोध […]

रुसी आक्रमणका कारण दश लाखभन्दा बढी युक्रेनी नागरिकले देश छोडे

काठमाडौं ।युक्रेन माथि रुसले आक्रमण शुरु गरेपछि दश लाख युक्रेनीहरुले युद्धबाट जोगिन देश छाडेका छन् । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार युक्रेनी नागरिकमा रुसी आक्रमणका कारण निकै डर र त्रास फैलिएको छ । रुस र युक्रेनबीच युद्ध अझै चलिरहेको छ । रुसले लगातार युक्रेनमाथि बमबारी र मिसाइल प्रहार गरिरहेको छ । जसका कारण युक्रेनीहरु छिमेकी देशहरुमा […]

रुसी सेना युक्रेनको दोस्रो सहरमा प्रवेश, लडाइँ जारी

रुसी सेनाहरू युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन्। रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन्।...

युक्रेनका समकक्षीलाई बाइडेनको आश्वासन रुसले आक्रमण गरे अमेरिकाले प्रतिकार गर्छ

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई फोन गरेर रुसले आक्रमण गरे अमेरिकाले प्रतिकार गर्ने आश्वासन दिएका छन्।उनले झण्डै एक घण्टाको कुराकानीमा युक्रेनमाथि कुनै प्रकारको आक्रमण भए अमेरिकाले तत्काल र निर्णायक जवाफ दिने आश्वासन दिएका हुन्। अमेरिकाले यसै हप्ताभित्र रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका गरिरहेका बेला राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन्।बाइडेनले अमेरिकाले आफ्ना सहयोगीमाथि कुनै पनि प्रकारको आक्रमणको निर्णायक जवाफ दिने बताउनु भएको सीएनए

बोरिस जोन्सनले भने- ‘युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको परिणाम घातक हुन्छ’

एजेन्सी, ११ माघ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको परिणाम घातक सिद्ध हुने चेतावनी दिएका छन् । युक्रेनस्थित बेलायती दूतावासमा रहेका कर्मचारीलाई फिर्ता बोलाएको विषयमा गरिएको सम्बोधनमा प्रधानमन्त्री जोन्सनले यूक्रेनमाथि हमला गरेमा रूसमाथि बेलायतले आर्थिक नाकाबन्दी गर्ने चेतानी दिएको बीबीसीले उल्लेख गरेको छ । सम्बोधनकै क्रममा उनले बेलायतले विभिन्न रक्षात्मक हतियारहरू यूक्रेनमा […]

रुसले आक्रमण गरेमा तेस्रो विश्वयुद्ध शुरू हुन्छ : युक्रेनी मन्त्री

रुसले युक्रेनमाथि आक्रमण गरेमा विश्वव्यापी द्वन्द्व शुरू हुने र यही चर्किएर तेस्रो विश्वयुद्ध हुने युक्रेन सरकारका एक मन्त्रीले चेतावनी दिएका छन् ।  सेवानिवृत्त सैनिक मामिलामन्त्री युलिया लापुतिनाले युक्रेन रुसको आक्रमणको सामना गर्न तयार रहेको बताएकी छन् ।  तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणको परिणाम दीर्घकालीन हुने र त्यो युक्रेनमा मात्र सीमित नरहने उनले चेतावनी दिइन् । ‘रुसले आक्रमण गरेमा बाल्कन क्षेत्रलाई पनि ध्यान दिनुपर्ने हुन्छ । रुसीहरूले सर्बियामा चलखेल गरेर बाल्कन क्षेत्रमा द्वन्द्व चर्काउन खोज...