रुसले युक्रेनमाथि आक्रमण गरेमा विश्वव्यापी द्वन्द्व शुरू हुने र यही चर्किएर तेस्रो विश्वयुद्ध हुने युक्रेन सरकारका एक मन्त्रीले चेतावनी दिएका छन् ।
सेवानिवृत्त सैनिक मामिलामन्त्री युलिया लापुतिनाले युक्रेन रुसको आक्रमणको सामना गर्न तयार रहेको बताएकी छन् ।
तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणको परिणाम दीर्घकालीन हुने र त्यो युक्रेनमा मात्र सीमित नरहने उनले चेतावनी दिइन् ।
‘रुसले आक्रमण गरेमा बाल्कन क्षेत्रलाई पनि ध्यान दिनुपर्ने हुन्छ । रुसीहरूले सर्बियामा चलखेल गरेर बाल्कन क्षेत्रमा द्वन्द्व चर्काउन खोज...