मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमवार बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक तय भएको एक मन्त्रीले जानकारी दिए ।
सोमवारको मन्त्रिपरिषद् बैठकले केही नियुक्तिहरु गर्ने सम्भावना छ । यसअघि शुक्रवार बसेको बैठकले २०७८ जेठ ८ गते प्रतिनिधि सभा विघटन भएपछि भएका नियुक्ति बदर गरेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।