लामो समयदेखि अल्झिएको नागरिकताको समस्या सत्ता गठबन्धनको सहमतिमा समाधान हुने भएको छ । मधेश केन्द्रित दलहरुले लामो समयदेखि नागरिकताको विषय उठाउँदै आएका थिए । नेपाल सद्भावना पार्टी नेपालका संस्थापक गजेन्द्रनारायण सिंहको पालादेखि नै मधेस केन्द्रित दलहरुले नागरिकताको विषयलाई मुल मुद्दा बनाएका हुन् । अन्ततः अहिले आएर सो मुद्दालाई समधान गर्न दलहरु सहमत भएका छन् ।नागरिकताको समस्या समाधानका लागि सत्तापक्षीय दलमात्र होइन, विपक्षी दल नेकपा एमाले पनि सहमत भएको छ । सहमतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवाक