नेकपा एमाले सकारात्मक नभएपछि नागरिकता विधेयक फेरि अन्योलमा परेको छ । सरकारले संसदबाट नागरिकता विधेयक पारित गराउने तयारी गरिरहेको बेला एमाले बाधक देखिएको हो । नेपाली काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाण लगायतले एमालेका नेताहरुसँग नागरिकता विधेयकका बारेमा कुराकानी गरिसकेका छन् । छलफलमा विधेयकका सम्बन्धमा एमाले सकारात्मक नदेखिएपछि विधेयक संसदमा लैजाने कि नलैजाने भन्नेमा सरकार अन्योलमा छ ।एमालेका सहमहासचिव पृथ्वी सुब्बा गुरुङले नागरिक विधेयक पारित गर्न हतारिनुको औचित्य के हो भन्ने प्रश्न गरेक