अमेरिकी परोपकारी संस्था ‘वर्ल्ड सेन्ट्रल किचन’ ले पठाएको सहायता सामग्री शनिबार युद्धग्रस्त गाजा क्षेत्रमा पुगेको छ । सहायताका लागि पठाइएको २ सय ४० टन खाद्यान्नलगायत सामग्री गाजामा वितरणका लागि तयारी भइरहेको संस्थाले विज्ञप्तिमार्फत जानकारी गराएको छ । संस्थाले साइप्रसबाट हुँदै अर्को २ सय ४० टन खाद्यान्न भरिएको डुंगा ढुवानीका लागि तयारी भइरहेको जनाएको छ ।