दक्षिण पूर्वी एसियाको क्षेत्रीय संगठनको बैठकमा ११ देशका स्वास्थ्य मन्त्रीले संयुक्त रुपमा १२ बुँदे घोषणापत्र जारी गरेका छन् । सोमबार सुरु भएको बैठकको दोस्रो दिन स्वास्थ्य मन्त्रीहरुले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।एसियाली देशहरुले स्वास्थ्य प्रणालीलाई पुनः अभिमुखीकरण र सबलीकरण गर्ने प्रतिबद्धता घोषणा पत्रमार्फत जनाएका छन् । कोरोना महामारीबाट पाठ सिक्दै र बिरलैमात्र आउने यस्तो अवसरको उपयोग गर्दै विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्व