ल्याण्डक्रुजर एलसी ३०० किन्न चाहनेले ४ वर्ष कुर्नु पर्ने

काठमाडौं । टोयोटा मोटर्सले आफ्नो नयाँ एसयूभी ल्याण्डक्रुजर एलसी ३०० चार वर्षसम्मको उत्पादन बुकिङ भइसकेको जनाएको छ । कम्पनीले केही महिना अघि सार्वजनिक गरेको यो मोडल वार्षिक ५ हजार यूनिट उत्पादन गर्ने टोयोटाले लक्ष्य लिएको थियो । कम्पनीले राखेको उत्पादन लक्ष्य अनुसार वार्षिक ५ हजार यूनिट मात्र उत्पादन हुन्छ भने अहिले बुकिङ करिब २१ हजार […]

सम्बन्धित सामग्री

बजेट निकासा नहुँदा मलको एलसी खोल्नै समस्या

काठमाडौं । सरकारले बजेट निकासा नगर्दा रासायनिक मल आयातका लागि एलसी खोल्नै समस्या भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले चालू आर्थिक वर्ष (आव) को बजेटबाट पाउनुपर्ने रकम नपाउँदा नयाँ एलसी खोल्न समस्या भएको हो । सरकारले रासायनिक मल आयातका लागि चालू आवको बजेटमा छुट्ट्याएको १५ अर्ब रुपैयाँबाट ३० प्रतिशतका दरले साढे ४ अर्ब र पछि थप स्रोत सुनिश्चित गरेको १६ अर्बबाट ४ अर्ब ८० करोड रुपैयाँ गरी ९ अर्ब ३० करोड रुपैयाँ पाउनुपर्नेमा हालसम्म २ अर्ब २५ करोड रुपैयाँ मात्र प्राप्त गरेको साल्ट ट्रेडिङले बताएको छ । मल आयातको कुल बजेटबाट साल्ट ट्रेडिङले ३० प्रतिशत र कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत किन्ने जिम्मा पाएका छन् । साल्ट ट्रेडिङले शुरूको साढे ४ अर्बबाट आफूले किन्नुपर्ने ५७ हजार ५ सय मेट्रिक टन युरियामध्ये ३० हजार मेट्रिक टन किनेर विक्री वितरण पनि गरिसकेको छ । बाँकी २७ हजार ५ सय मेट्रिक टन युरिया आयातको पाइपलाइनमा छ । तर, त्यसबापत साल्ट ट्रेडिङले सरकारबाट प्राप्त गर्नुपर्ने रकम हालसम्म नपाउँदा नयाँ टेन्डर र एलसी खोल्नै समस्या परेको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले जानकारी दिए । ‘हामीले पाएको २ अर्ब २५ करोड रुपैयाँ पनि शुरूको साढे ४ अर्ब बजेटको हो । त्यसपछिको बजेट त कहिले आउँछ, हालसम्म अत्तोपत्तो छैन,’ उनले आर्थिक अभियानसँग भने । सरकारले पछि सुनिश्चित गरेको थप १६ अर्ब स्रोतबाट साल्ट ट्रेडिङले २६ हजार ५ सय टन युरिया र २० हजार टन डीएपी किन्न जिम्मा पाएको थियो । यसको पनि २० हजार मेट्रिक टन डीएपी किनेर नेपाल आइसक्यो भने २६ हजार ५ सय मेट्रिक टन युरिया पनि टेन्डर प्रक्रिया पूरा गरेर एलसी खोल्न मात्रै बाँकी छ । तर, रकम अभावका कारण एलसी खोल्न सकिने अवस्था नभएको बताइएको छ । राजभण्डारीका अनुसार साल्ट ट्रेडिङले अहिले ९ अर्ब ३० करोड रुपैयाँको ब्याजबापत मोटो रकम तिरिरहेको छ । एकातर्फ नयाँ एलसी खोल्न रकम अभाव भएको अवस्था छ भने अर्कोतर्फ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी वर्षका लागि समेत मल किन्न टेन्डर खोल्न निर्देशन दिइसकेको छ । कृषि मन्त्रालयले पनि चाँडो बजेट निकासा गरेर मल किन्ने प्रक्रिया सहज बनाइदिन अर्थ मन्त्रालयसँग पटकपटक ताकेता गरे पनि स्रोत नजुटेको भन्दै अर्थले बजेट नपठाएको बुझिएको छ । अर्थ स्रोतले भने तत्कालका लागि स्रोत नजुटेका कारण ढिलाइ भएको बताएको छ । सरकारले दुईपटक गरी मल किन्न छुट्ट्याएको ३१ अर्ब रुपैयाँले करीब ३ लाख २० हजार मेट्रिक टन मात्रै मल किन्न पुगेको छ । वर्षे बालीका लागि अझै थप ९० हजार मेट्रिक टन मल आवश्यक हुन्छ । त्यसका लागि थप ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गर्न कृषि मन्त्रालयले अर्थमा पत्र पठाएको छ । समयमा रकम भुक्तानी नभएर मल किन्न समस्या भएमा वर्षे बालीका लागि रासायनिक मलको हाहाकार हुने अवस्था आउन सक्ने साल्ट ट्रेडिङको भनाइ छ ।

यी हुन् अहिले पनि बजारमा छानेर किन्न पाइने ६ कार

काठमाडौं । सरकारले बैशाख १४ गतेबाट गाडीको आयात प्रतिवन्ध लगाएसँगै एक यूनिट पनि कम्बस्चन गाडीको प्रतीतपत्र (एलसी) खुल्न पाएको छैन । करिब ६ महिनादेखि अघोषित र ५ महिनादेखि घोषित आयात प्रतिबन्ध लागेको कारण बजारमा गाडी उपलब्ध छैन । ‘गाडीको आयात रोकिएको ५ महिना भयो । कम्पनीहरुले ३ महिनाको दरमा प्लानिङ गरेर अर्डर गर्दै आएका थिए […]

आवश्यक नभएको ८४ करोडको घातक हतियार किन्दै सरकार

काठमाडौं, असार २६ । सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो। प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। केही दिनमा एलसी खोल्ने प्रक्रिया सुरु हुन्छु, स्रोतले भन्यो, ‘१ अर्ब ३५ […]

मुलुकमा आर्थिक संकटका बेला ८४ करोडको हतियार किन्दै सरकार

काठमाडौं । सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ । मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो । ‘प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । केही दिनमा एलसी खोल्ने प्रक्रिया सुरु हुन्छु’, स्रोतले भन्यो, ‘१ अर्ब […]

८४ करोडको हतियार किन्दै सरकार

सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो।प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। केही दिनमा एलसी खोल्ने प्रक्रिया सुरु हुन्छ', स्रोतले भन्यो, '१ अर्ब ३५ करोड रूपैयाँको हतियार खरिद प्रस्ताव गरिएको हो । पहिलो चरणमा ८४ करोडको हतियार ल्याउने योजना छ । दोस्रो चरणमा हतियार किन्न ५१ करोड छुट्याइएको छ।'

आयातमा खुकुलो नीति : विलासी वस्तु किन्न खुल्न थाले एलसी

२० वैशाख, काठमाडौं । राष्ट्र बैंकको निर्देशनमा २१ चैतदेखि आयात रोकिएका वस्तुहरुको प्रतीतपत्र (एलसी) खुल्न थालेको छ । केन्द्रीय बैंकको मौखिक निर्देशनबाट आयात रोकिएका वस्तुहरुको आयात एलसी पुनः मौखिक निर्देशनकै भरमा खुल्न थालेको बैंक तथा व्यापारीहरुले बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात रोक्ने वस्तुको सूची राजपत्रमा सूचना प्रकाशित गरेपछि राष्ट्र बैंकको मौखिक […]

कति छ बजारमा नयाँ मोटरसाइकल र स्कुटर ?

काठमाडौं । विदेशी मुद्रा संचितिमा दवाव परेको भन्दै राष्ट्र बैंकले ३०० भन्दा धेरै बस्तुको नयाँ एलसी खोल्न रोकेसँगै मोटरसाइकलको नयाँ अर्डर बन्द भएको छ । नेपाल राष्ट्र बैंकले लिखित रुपमा निर्देशन नदिएपनि अहिलेको अवस्था कति लामो समयसम्म चल्छ भन्ने एकिन छैन । यस्तोमा कुन मितिबाट बजारमा नयाँ मोटरसाइकल किन्न पाइदैन अहिल्यै भन्न सक्ने अवस्था छैन […]