कैलाली । आजबाट पोखरामा सुरु भएको केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले प्रदेशका अनुभवी खेलाडी राजु रिजालको कप्तानीमा अन्तिम १४ जना खेलाडीको सुची सार्वजनिक गरेको हो । टोलीको उपकप्तानमा नारायण जोशीलाई जिम्मेवारी दिइएको हो । त्यस्तै टोलीमा खडक बोहरा,वसन्त सिंह कार्की ,सुरज तिरुवा,आयुब चन्द,किरण […]