पुष्प मेला अवलोकन गर्नेको भीड, ५० लाख बढीको कारोबार

बाह्रौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भीड लागेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड लागेको हो । तेस्रो दिनसम्ममा ३९ हजार बढीले अवलोकन गरेको मेलामा ५० लाख रुपैयाँको फूल बिक्री भएको छ । प्रदेश नम्बर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एसोसिएसनले मेला आयोजना गरिरहेको छ ।

सम्बन्धित सामग्री

भृकुटीमण्डपमा आजदेखि ४ दिनसम्म पुष्प मेला (तस्बिरहरु)

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘फ्लोरा एक्स्पो २०८०’ सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा ४ गतेसम्म २५ औं एक्स्पो सुरु भएको छ । एक्स्पोमा ७३ वटा स्टल रहने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीन बहादुर तामाङले बताए । एक्स्पोमा करिब एक करोडसम्मको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।

तिहार नजिकिएको झल्को दिने प्रदर्शनी ! [तस्वीरहरू]

ललितपुर । फूलहरूको चाड तिहार नजिकिँदा ललितपुरमा फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ ।  ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा मंगलवारबाट १६ औं गोदावरी पुष्प मेला तथा प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको हो । उक्त प्रदर्शनी यही कात्तिक १८ गतेसम्म सञ्चालन हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)द्वारा आयोजित मेलाको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले गरेका थिए । प्रदर्शनीमा १०० रुपैयाँदेखि करिब १५ हजार रुपैयाँसम्म फूलहरु राखिएको छ ।  फ्यानका अनुसार प्रदर्शनीमा ७० ओटा भन्दा बढी स्टल राखिने छन् । मेलामा करीब ४० हजारले प्रत्यक्ष अवलोकन गर्ने र एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

पाँचौं पुष्प मेला माघ २५ देखि

धरान । पुष्प व्यवसाय प्रवर्द्धन गर्न प्रत्येक वर्ष आयोजना हुँदै आएको पुष्प प्रदर्शनी तथा व्यापार मेला आगामी बुधवार (माघ २५ गते)देखि हुने भएको छ । धरानमा हुने मेलाको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ । विगत ५ वर्षदेखि हुँदै आएको प्रदेश १ स्तरीय पुष्प प्रदर्शनी तथा व्यापार मेला माघ २५ गतेदेखि २९ गतेसम्म धरानस्थित पब्लिक स्कुलको खेल मैदानमा हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल सुनसरीले जानकारी दिएको छ । पाँच दिनसम्म चल्ने मेलामा खरीदविक्रीका लागि ५ सयभन्दा बढी प्रजातिका फूल प्रदर्शनीमा राखिने मेलाका संयोजक रामकुमार राईले बताए । उनका अनुसार मेलामा स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिइनेछ । प्रदर्शनीमा ५० ओटा स्टलमा ५०० भन्दा बढी प्रजातिका बिरुवाहरू हुनेछन् । मेलामा ५० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा ७० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अनुमान छ । मेलामा मौसमी, आलंकारिक बोटबिरुवा, सुनाखरी, कम्पोष्ट, फूलको गानो, बीउबिजन, कृषि औजार, उपकरणलगायतको प्रदर्शनी तथा विक्री गरिनेछ । प्रदेश १ मा ६५ भन्दा बढी पुष्प व्यवसायी छन् । वार्षिक १३ करोड रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । प्रदेश १ मा यो व्यवसायमा ४० करोड रुपैयाँको लगानी छ । मेलामा धरान उपमहानगरपालिकाको सिफारिशमा प्रत्येक वडाका तीन जनालाई सयपत्री फूल उत्पादनसम्बन्धी प्रशिक्षण समेत दिइनेछ । बैंकबाट सहुलियत दरमा ऋण पाउन सके प्रविधियुक्त बेर्ना बिरुवा हुर्काउन ग्रीन हाउस भित्र्याउन सकिने र फूल आयात न्यूनीकरणमा त्यसले टेवा पुग्ने अध्यक्ष पोखरेलको भनाइ छ ।

जावलाखेलमा पुष्प मेला (फाेटाे फिचर)

काठमाण्डाै - ललितपुरको जावलाखेलमा चलिरहेको २३औँ पुष्प मेलामा अहिलेसम्म झन्डै ८५ लाख रुपैयाँको कारोबार भएको छ । मेला सुरु भएको दिन गएको बिहीवार २१ लाख ५० हजार रुपैयाँ, अस्ति शुक्रवार दोस्रो दिन २७ लाख रुपैयाँ र हिजो झन्डै ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजक फ्लोरिकल्चर एसाेसिएशन नेपालले जनाएको छ । तीन दिनमा झन्डै ३६ हजार आठ सय जनाले मेलाको अवलोकन गरेका र आज थप कारोबार हुने एसाेसिएशनका महासचिव विश्वमणि पोखरेलले जानकारी दिनुभयो । मौसमी फूल, कट फ्लावर, सुनाखरी फूल, बीउबिजन, ग्री...

पुष्पमेला जारी, २० हजारले अवलोकन गरे

ललितपुरस्थित जावलाखेलमा २३ औं पुष्प मेला (फ्लोरो एक्स्पो) जारी छ । बिहीबारदेखि सुरु भएको चारदिने पुष्प मेला आइतबार सम्पन्न हुने बताइएको छ । मेलाको पहिलो दुई दिनमा २० हजार जनाले अवलोकन गरिसकेका छन् भने ४५ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।

चार दिने गोदावरी पुष्प मेला सम्पन्न

चार दिने गोदावरी पुष्प मेला सोमबार सम्पन्न भएको छ । नेपाल फ्लोरिकल्चर एशोसिएसन (फ्यान) को आयोजनामा गत सुक्रबारदेखि सुरु भएको मेलामा कविर ४० हजारले अवलोकन गरेका छन् भने ७१ लाख बराबरको पुष्प जन्य वस्तुको कारोबार भएको महासचिव विश्वमणी पोखरेलले बताउनु भयो ।