ललितपुरस्थित जावलाखेलमा २३ औं पुष्प मेला (फ्लोरो एक्स्पो) जारी छ । बिहीबारदेखि सुरु भएको चारदिने पुष्प मेला आइतबार सम्पन्न हुने बताइएको छ । मेलाको पहिलो दुई दिनमा २० हजार जनाले अवलोकन गरिसकेका छन् भने ४५ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।
ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म ९० लाखको कारोबार भएको छ ।प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ देखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा २५...