रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले तीन लाख ९९ हजार कित्ता बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले हाल कायम आफ्नो २० करोड जारी पुँजी मध्ये १० प्रतिशत अर्थात् २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर स्थानिय प्रभावितलाई र बाँकी १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता सेयर कर्मचारी तथा सामूहिक लगानी कोष र सर्वसाधारणलाई छुट्याउन लागेको हो । सोही आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि कम्पनीले बुधबार प्रभु क्यापिटललाई छनोट गरेको छ । उक्त सम्झौतामा रावा इनर्जी डेभलप