काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगि विविध कारणले ज्यान गुमाएका नेपालीको शव लिन नेपाल एयरलाइन्सको विमान आज मलेसिया जाँदैछ । आज राति ११ बजे नेपाल एयरलाइन्सको वाइडबडी विमान मलेसियाको क्वालालम्पुरका लागि उड्ने नेपाल एयरलाइन्सले जनाएको छ । सो विमान भोलि बिहान ८ः३० बजे काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।वाइडबडी जहाजमा एक पटकमा अधिकतम १८ जनाको शव ल्याउने क्षमता हुन्छ । भोलिका लागि १७ जनाको शवका लागि बुकिङ भएको नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन् ।नेपा