वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकको शव घरसम्म पुर्‍याउन मात्रै २६ करोडभन्दा धेरै खर्च

काठमाण्डौ – गएको आर्थिक वर्षमा वैदेशिक रोजगारीको क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव काठमाण्डौबाट घरसम्म पुर्‍याउनका लागि मात्रै बोर्डले २६ करोड ३ लाख ५१ हजार ५ सय रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी बोर्डले ३८ जना महिला र ७५७ जना पुरुष गरी ७९५ जना श्रमिकको शव घरसम्म पुर्‍याउन यो रकम खर्च गरेको हो । विदेशमा ज्यान गुमाउनेहरूको शव बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क घरसम्म ढुवानी गर्ने गर्छ । विदेशबाट नेपालमा शव झिकाउनका ल...