काठमाडौं- संघीय सरकारका सचिवहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिइसके लगत्तै मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो मन्त्रिपरिषद्को बैठक सुरू भएको हो । बैठकका एजेन्डाबारे सरकारले केही पनि खुलाएको छैन । यद्यपि चुनावको तयारी, जेन-जी आन्दोलनमा भएको विध्वंसको पुनर्निर्माणसहितका काममा सरकारले आवश्यक निर्णय लिनुपर्नेछ ।
बागमती– नेपाली कांग्रेस केन्दीय समितिको बैठक लम्बिँदा बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ । कांग्रेस केन्द्रीय समितिको बैठक लम्बिएको र सो बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहभागी हुनुपर्ने भएकाले प्रदेशसभाको बैठक अनिश्चित बनेको हो । लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भए पनि मुख्यमन्त्री बानियाँले पार्टीको केन्द्रीय समितिको […]
काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पश्चिमा पूँजीवादीहरुले आफूसँग असहमत रहेको सत्तालाई कमजोर बनाउन नयाँ पुस्तालाई प्रयोग गरेको आरोप लगाउनुभएको छ। काठमाडौंमा साेमबार प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । महासचिव पोखरेलले पश्चिमा पूँजीवादीहरुले डिप स्टेटको अवधारणा अन्तर्गत नयाँ पुस्तालाई आम मानिस भन्दा फरक रहेको भन्ने नियोजित मनोविज्ञान […]