विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सभामुख अग्नि प्रसाद सापकोटा पक्षका कानुन व्यवसायीको बहस शुरु भएको छ । अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गरेका छन् । सभामुखको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागी २ घण्टा समय छुट्याइएको छ । अधिवक्ता पोखरेलले १ घण्टा बहस गर्ने बताइएको छ । पोखरेलपछि सभामुखको तर्फबाट श्रीकृष्ण सुवेदी, बरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, लव कुमार मैनाली र श्याम खरेलले बहस गर्नेछन् । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश च