भक्तपुर : भक्तपुरका किसानहरुलाई यतिखेरी धान भित्र्याउने चटारो छ।कोही घर आँगन, कौशी होस या चोक चोकमा धान सुकाउन व्यस्त छन् भने कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर भित्र्याउने कार्यमा व्यस्त छन्। बडादशैँ सकिएलगत्तै धान काट्न सुरु भएको भक्तपुरमा तिहार नजिकिँदै गर्दा किसानलाई थप चटारो परेको छ।केही दिन अघिको बेमौसमी वर्षाले त्रसित किसानहरू पुनः त्यस्तै वर्षा भर पाकेर पहेँलपुर भएको धानमा क्षती हुन्छ की भन्ने आशंकाले हतार हतारमा धान भित्र्याउन सक्रिय बनेका हुन।धान खेती हुने क्ष