सर्लाही : सर्लाहीका किसानलाई यतिखेर धान भित्र्याउने चटारो परेको छ। उत्तरी क्षेत्रमा रहेका ईश्वरपुर, लालबन्दी, हरिवन, बागमती, बरहथवा नगरपालिकाको विभिन्न क्षेत्रमा धान पाकेर भित्र्याउन थालिएको किसानहरुले बताएका छन्।दक्षिणी भेगमा साउनमा रोपिएको धान भने दशैंपछि भित्र्याउने किसानहरुको तयारी छ। सर्लाहीका २० वटै स्थानीय तहमा धान खेती हुन्छ।यो वर्ष बेलैमा पर्याप्त वर्षा भएकाले किसानहरुले असार लाग्नासाथ धान रोपेका थिए। पर्याप्त वर्षा भएकाले यस वर्ष धान उत्पादन राम्रो हुने किसानहरूले अनुमान गरेका छन्।कृषि