काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले एचआईभी संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ । काठमाडौंमा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले एचआईभी\ एड्स संक्रमितलाई विभेदपूर्ण व्यवहार नगर्न आग्रह गर्नुभएको हो । उहाँले आयोगले विभिन्न क्षेत्रमा गरेको अध्ययन अनुसार एचआईभी संक्रमितहरुले सरकारी तथा सार्वजनिक निकायहरुमार्फत विभेद भोगिरहेका पाइएको बताउनुभयो । सचिव खरेलले विभेदमा […]