चितवन - जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम धेरै हुने डाक्टरले बताएका छन् ।
छालामा पानीको मात्रा कमी हुँदा सुक्खा हुने चितवनको भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा. प्रशन्न नापेले बताउनुभयो ।
छालामा हुने सुक्खापनका कारण सोरायसिस, इथायसिसजस्ता रोग तथा सङ्क्रमणका कारण लुतोजस्ता रोग बढी देखिने गरेको छ । चिसोबाट हुने एलर्जीका कारण धेरैलाई हातका औँला, नाक तथा कानमा बढी समस्या हुन्छ । साथै प्रदूषण बढ्ने भएकाले पनि समस्या जटिल बन्न सक्छ ।
चिसोबाट हुने एलर्जीबाट दीर्घकालीन असर पर्ने भएकाले जोगिनुपर्ने उ...