धमाधम बजार ढुवानी गरिँदै मुस्ताङका स्याउ

हिमाली जिल्ला मुस्ताङमा उत्पादित यसवर्षको स्याउ धमाधम बजार ढुवानी गरिँदै छ । यसअघि स्याउ जोन मुस्ताङले जिल्लामा उत्पादित स्याउ असोज १ गतेबाट मात्र टिप्न पाइने नियम बनाएपछि अहिले मुस्ताङमा धमाधम स्याउ टिप्ने चटारो चलेको हो । मुस्ताङका अधिकांश बगैचाका स्याउहरु कृषकहरुले ठेक्कामार्फत व्यापारीहरुलाई बिक्री गर्ने गरेको र व्यापारीहरुले संकलन गरेका स्याउ पोखरा-काठमाडौं लगायतका स्थानमा बिक्री गर्ने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीका अनुसार असोज महिना लागेपछि ...

सम्बन्धित सामग्री

हुम्लाबाट ढुवानी अनुदानमा स्याउ निकासी सुरु

सिमकोट – पहिलो पटक ढुवानी अनुदानमा जिल्लाबाट स्याउ बाहिर ढुवानी सुरु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले (स्याउ जोन) ढुवानी अनुदानमा जिल्लाबाहिर किसानका स्याउ निकासी गरेको हो। चार सय बोट लगाएका सिमकोट गाउँपालिका–२ का किसान गोरसिंह बोहराले आफ्नो स्याउ फर्ममा उत्पादन भएका स्याउ नेपालगञ्ज हुँदै काठमाडाँै ढुवानी सुरु गरेका छन्। उनले एक […]

हुम्लाबाट स्याउ निकासी

पहिलो पटक ढुवानी अनुदानमा जिल्लाबाट स्याउ बाहिर ढुवानी सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) ले ढुवानी अनुदानमा किसानको स्याउ जिल्लाबाहिर पठाएको छ । चार सय बोट स्याउ लगाएका सिमकोट गाउँपालिका–२ का किसान गोरसिंह बोहराले आफ्नो स्याउ फार्ममा उत्पादन भएका स्याउ नेपालगन्ज हुँदै काठमाडौँ ढुवानी सुरु भएको बताउनुभयो ।

ढुवानी अनुदानमा हुम्लाका स्याउ जिल्ला बाहिर निर्यात गरिँदै

हुम्लामा फलेका स्याउ पहिलो पटक ढुवानी अनुदानमा जिल्ला बाहिर ढुवानी हुने भएका छन् ।

हुम्लाका २० टन स्याउ जिल्लाबाहिर निर्यात गरिने

सिमकोट – ढुवानी अनुदानमा जिल्लाबाट स्याउ बाहिर ढुवानी हुने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले (स्याउ जोन) ढुवानी अनुदानमा जिल्लाबाहिर निकासी गर्न लागिएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ) का कार्यालय प्रमुख विष्णुबहादुर मग्रातीले यस वर्ष पहिलो पटक ७५ प्रतिशत ढुवानी अनुदानमा २० टन स्याउ जिल्लाबाहिर निकासी गर्न लागिएको […]

जुम्ली स्याउलाई बजारीकरणको अभाव

जुम्ला – बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन। अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि लिने गरेका छन्। केही किसानले उचित मूल्य पाइने आशामा मङ्सिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन्। सिञ्जा गाउँपालिका–५ का रामसिंह रावलले दसैँमा नेपालगञ्ज लैजान टिपेर कार्टुनमा रााखेका स्याउ ढुवानी गर्ने गाडी […]

सहकारी ब्राण्डमा जुम्लाको स्याउ

जुम्लामा उत्पादन भएको स्याउ अबदेखि सहकारी स्याउको नामबाट बजारमा आउने भएको छ । जिल्ला कृषि सहकारी संघ जुम्लाले सहकारीको नामबाट स्याउलाई बजारमा ल्याउन लागेको हो । संघका अध्यक्ष रामकृष्ण बुढामगरले स्याउलाई आगामी भदौदेखि बजारमा ल्याइने जानकारी दिए । सहकारीको नामबाट स्याउलाई बजारमा ल्याउन प्याकिङका लागि आवश्यक कार्टोन छाप्ने कार्य सकिएको संघले बताएको छ । स्याउलाई नेपालगञ्जसम्म हवाइजहाज र त्यहाँबाट काठमाडौं गाडीबाट ढुवानी गरिनेछ । भण्डारण र बजारका लागि काठमाडौंको भाटभटेनी सुपरमार्केटसँग छलफल भइरहेको केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठकले बताए । जुम्ला कृषि सहकारी संघ केन्द्रीय सहकारी संघअन्तर्गतको एउटा जिल्ला संघ हो । यस वर्ष सहकारीको नामबाट १ सय ५० टन स्याउ बजारमा ल्याउन लागिएको छ । त्यसमध्ये ४० टन अग्र्यानिक प्रमाणीकरण गरिएको र बाँकी १ सय १० टन प्रमाणीकरण नभएको स्याउ रहेका छन् । सो स्याउ प्रतिकेजी रू. ७० का दरले बिक्री गरिनेछ । बिक्रीबाट आएको रकम स्थानीय स्याउ उत्पादक किसानलाई वितरण गरिने अध्यक्ष बुढामगरले बताए । निक्षेप फिर्ता करिब एक वर्षअघि खारेजीमा परेको नेपाल विकास बैंकका साना बचतकर्ताहरूको निक्षेप पुरै फिर्ता भएको छ । बैंकका लिक्विडेटर नारायण बजाजले अहिलेसम्म साना तथा ठूला बचतकर्ताका गरी कुल १९ करोड ९५ लाख रुपैयाँ भुक्तानी भइसकेको जानकरी दिएका छन् । वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३

स्याउ ढुवानी हेलिकोप्टरमा

उत्तरी गोरखामा उत्पादित स्याउ बिक्रीका लागि हेलिकोप्टरमार्फत बजार पुर्‍याइएको छ । गत वर्षबाट चुमनुब्री गाउँपालिका–४ प्रोकस्थित पोरमा व्यावसायिक स्याउ खेती सुरु गरिएको थियो । बिरुवा रोपेको एक वर्षमै स्याउ उत्पादन भएपछि स्थानीय उत्साहित छन् ।

ढुवानी अनुदानले सहज

बाजुरा, असोज १० । सधैँभरि स्याउ पाकेपछि बेच्न कहाँ लाने भन्ने चिन्तामा रहने बाजुराका स्याउ कृषक यो वर्ष भने त्यति चिन्तित छैनन्। बरु जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले स्याउ बेच्न ढुवानीमा अनुदान दिन थालेपछि किसान खुसी भएका छन्। अधिकांश स्याउ आफूले खाने र केही स्याउ आफन्तलाई दिएर सक्ने अनि नसक्नेको बारीमै कुहिएर जाने गथ्र्यो। थोरैले […]

स्याउ ढुवानी गर्न सहयोग गर !

सडक सम्पर्क टुटेका दुई विन्दुबीच सरकारले हेलीकप्टरबाट स्याउ ढुवानी गरिदिने हो भने किसानले सजिलै बजारमा पुर्‍याउनेछन् ।

पुथाउत्तरगंगामा स्याउ उत्पादन बढ्ने

रुकुम । रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिकामा यस वर्ष गतवर्षको तुलनामा स्याउ उत्पादन बढ्ने भएको छ । गाउँपालिकाले दुई हप्तामा गरेको अध्ययनमा उत्पादन बढ्ने प्रतिवेदन तयार पारेको छ । कृषि शाखाका प्राविधिक सहित वडाका कृषि स्वयंसेवक र सम्बन्धित वडाका जनप्रतिनिधिको टोलीले गरेको अनुगमनपछि तयार प्रतिवेदनमा ३० देखि ५० प्रतिशतले स्याउ उत्पादन वृद्धि हुने उल्लेख गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक सन्तोष ओलीले जानकारी दिए । गतवर्ष ४० देखि ५० टन स्याउ उत्पादन भएको पुथाउत्तरगंगामा हावाहुरी र असिना पानीले क्षति नगरे यस वर्ष ८० देखि १०० टनसम्म उत्पादन हुने अनुमान छ । गाउँपालिकाका २, ५, ६, १० र ११ नम्बर वडामा प्रशस्त स्याउ पाइन्छ । वडा नम्बर ६ लाई स्याउको पकेट क्षेत्र घोषणा गरिएको छ भने २ नम्बर वडामा प्रदेश सरकारले स्याउ ब्लकको रूपमा विकास गरी काम गरिरहेको ओलीले बताए । अन्य वडामा पनि स्याउ पाइन्छ । स्याउ प्रशस्त मात्रामा पाइने गरेका भए पनि बजारीकरणको भने समस्या छ । सडक सुविधा नपुगेको त्यस ठाउँबाट घोडा, खच्चडमार्फत स्याउ ढुवानी गरिँदै आएको । कतिपयको स्याउ बारीमै कुहिने गरेको छ ।      गाउँपालिकाले ढुवानीमा अनुदानका लागि यस वर्ष चार लाख रुपैयाँ छुट्याएको छ । यस वर्ष लगाइएका बिरुवाको अनुगमन गरिएको छ । लगाइएका बिरुवा खडेरीका कारण २० देखि २५ प्रतिशत मरेका छन् । बिरुवा ढिला आएको र कृषकले पनि लगाउन ढिला गरेकाले बिरुवा मरेको बताइएको छ । तत्काललाई बिरुवामा कुनै रोग देखिएको छैन् । स्याउको दाना पनि राम्रो लागेको प्रतिवेदनमा उल्लेख छ । रासस