ढुवानी समस्याले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा फलेको स्याउ गोदाममै थन्किएको छ । चार वर्षदेखि स्याउ खेती थालेका चुमनुब्री गाउँपालिका–३ सिर्दिबासका लाङपा गुरुङको झन्डै ४ सय किलो स्याउ दुई सातादेखि घरभित्रै असरल्ल छन् । नौ सय बोटबाट यस वर्ष उनले ६ सय ७० किलोभन्दा बढी स्याउ टिपेका छन् ।