अधिवक्ता सुनिल पोखरेलले यही इजलासलाई निरन्तरता दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्दै उनले यस्तो बताएका हुन् ।‘यो इजलासलाई निरन्तरता दिऔँ । फैसलामा श्रीमान्हरूले हाम्रो स्वार्थ किन बाझिँदैन भनेर लेखेर अगाडि बढ्नुपर्छ’, उनले भने ।यसअघि रिट निवेदकको तर्फबाट अधिवक्ता टीकाराम भट्टराई, बद्रीबहादुर कार्की, रमण श्रेष्ठ लगायतले बहस गर्दै न्यायालयको फैसलामा विश्वास छैन भनेर राजनीतिक दबाब दिन नमिल्ने बताएका छन् ।प्रधानन्यायाधीशले गठन गरेको संवैधानिक इजलासको सरकारी प