अक्सिजनलगायत स्वास्थ्य सामाग्री आयातमा डलर सटहीको सीमा हट्यो

अक्सिजनलगायत स्वास्थ्य सम्बन्धी सामाग्रीको आयातको सीमा असार मसान्तसम्मका लागि हटाइएको छ । स्वास्थ्य सम्बन्धी सामाग्रीको आयातका लागि डलर सटही सुविधाको सीमा नलाग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै नेपाल राष्ट्र बैंकले डलर सटहीमा लाग्ने सीमाको व्यवस्था हटाइएको हो । अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, ट्याङकी, जेनेरेटर,, प्लान्टस लगायत अक्सिजन सम्बन्धि सामाग्री आयातको लागि असार मसान्त सम्म सीमा अनिवार्य नहुने व्यवस्था गरे

सम्बन्धित सामग्री

सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

५ माघ, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटीले सीमावर्ति क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई कोभिड–१९ को संक्रमणबाट जोगाउन आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । वीरगञ्ज, विराटनगर र काँकडभिट्टा नाका क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि लक्षित गरेर विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । रेडक्रसले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सर्जीकल मास्क, सर्जीकल ग्लोभ्स, ह्यान्ड सेनीटाईजर, फेस शिल्ड, बुट, […]

बागेश्वरीपोस्टको सहकार्यमा सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

नेपालगन्ज । सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण मातहतका सीमा बसेर सुरक्षा गरिरहेका जवानहरूका लागि अति आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।

चीनद्धारा सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री सहयोग

चीनको न्यालम काउन्टीले सीमावर्ती सिन्धुपाल्चोक जिल्लालाई एक करोड रुपैयाँभन्दा बढी मुल्यको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि अत्यावश्यक मानिने पिपिई, थर्मलगन, मास्क, आरडिटी किट्स लगायत स्वास्थ्य सामाग्री सहयोग गरेको हो । चिनियाँ अधिकारीले मंगलबार नेपाल–चीन सीमा छुट्याउने मितेरी पुलमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई अनुदानका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

निजी खर्चमा ५० लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान

कोभिड-१९ संक्रमण नियन्त्रणका लागि मुख्य अस्त्र मास्क स्यानिटाइजर, ग्लोब्स पिपिई र थर्मल गन बजारमा पाउन मुश्किल छ । माग बढी आपूर्ती कम भईरहेको बेला स्वास्थ्य सामाग्री सरकारसँग अपुग छ । जिल्लामा स्वास्थ्य सामाग्रीको अभावबीच कोभिड-१९ संक्रमण नियन्त्रणका लागि सीमा नाका, क्वारेन्टाइन र चेकजाँच गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सरकारको निर्देशनमा फिल्डमा परिचालित छन् ।