चीनको न्यालम काउन्टीले सीमावर्ती सिन्धुपाल्चोक जिल्लालाई एक करोड रुपैयाँभन्दा बढी मुल्यको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि अत्यावश्यक मानिने पिपिई, थर्मलगन, मास्क, आरडिटी किट्स लगायत स्वास्थ्य सामाग्री सहयोग गरेको हो । चिनियाँ अधिकारीले मंगलबार नेपाल–चीन सीमा छुट्याउने मितेरी पुलमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई अनुदानका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।