सार्वजनिक खरिदमा परामर्श सेवा

सार्वजनिक खरिद ऐनमा सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णय बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउन जोड दिइएको छ । सार्वजनिक खरिद प्रक्रियामा बढीभन्दा बढी प्रतिस्पर्धा, स्वच्छता, इमानदारी, जवाफदेहिता र विश्वसनीयता प्रवर्धन गर्नु पर्छ । सार्वजनिक निकायले परामर्श सेवा खरिदको व्यवस्थापन क्षमता अभिवृद्धि गरी सेवाप्रदायकलाई भेदभावरहित खरिद प्रक्रियामा सहभागी हुने समान अवसर सुनिश्चित गर्नु पर्छ ।

सम्बन्धित सामग्री

पेमेन्ट गेटवेमा भ्रष्टाचार : सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख जरिवाना

विशेष अदालले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध सवा २३ करोड रुपैयाँ जरिवाना र नौ वर्ष कैदको सजाय तोकेको छ । सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) का उपकरण तथा परामर्श सेवा खरिदमा पौडेल दोषी ठहर भएका हुन् ।

पेमेन्ट गेटवे अनियमितता प्रकरण : सुनील पौडेल दोषी, सचिव मरासिनीसहित ८ लाई सफाइ

सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) का लागि उपकरण तथा परामर्श सेवा खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक दोषी ठहर भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक छँदा भएको पेमेन्ट गेटवेका उपकरण र परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको हो ।

एक अर्ब भ्रष्टाचार : एमडीएमएसमा फोन दर्ता गर्न भएको थियो हतार

नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा खरिदमा ९१ करोड ९८ लाख भ्रष्टाचार गरेको अभियोगमा प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २१ विरुद्ध मुद्दा दायर भएको छ । प्राधिकरणका पदाधिकारी/कर्मचारी र ठेकेदारको मिलेमतोमा गैरकानुनी रूपमा उपकरण र परामर्श सेवा खरिद गरी राज्यलाई हानिनोक्सानी पुर्‍याएको अभियोगमा अख्तियारको दाबी छ ।

पालिकाको परामर्श सेवामा बढी खर्च

कञ्चनपुरका नौवटै पालिकाले विगत तीन वर्षको आर्थिक परामर्श सेवा खरिदमा करिब ९९ सय प्रतिशत डीपीआर निर्माणका आयोजनामा खर्च गरेको पाइएको छ । डीपीआर निर्माणका आयोजनामा बढी खर्च गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी परेको छ । महालेखाको प्रतिवेदनअनुसार कञ्चनपुरका स्थानीय तहले आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्ममा परामर्श सेवामा १३ करोड ७४ […]

सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौँ संशोधन र यसका प्रमुख विशेषताहरू

सार्वजनिक निकायले गर्ने मालसामान, परामर्श सेवा र अन्य सेवाहरूको खरिदलाई सार्वजनिक खरिद भनिन्छ । सार्वजनिक खरिद सम्बन्धी कार्यलाई पारदर्शी खुला बस्तुनिष्ठ र विश्वनिय बनाइ सार्वजनिक खरिदमा मूल्य सार्थकता कायम गर्नका लागि नेपाल सरकारले खरिद सम्बन्धी नियमावलीहरूलाई समय सापेक्ष रूपमा परिवर्तन गर्दछ । नेपालमा पुँजीगत खर्च कम भइरहेको परिपेक्षमा पुँजीगत खर्चलाई बढाउन, सार्वजनिक निर्माण कार्यलाई गति […]

सार्वजनिक खरिदमा पारदर्शिता

ऐन तथा नियमबमोजिम सार्वजनिक निकायले कुनै मालसामान, परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण गर्ने वा गराउने कार्यलाई सार्वजनिक खरिद ऐनमा खरिद भनिएको छ । सार्वजनिक खरिद प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आमनागरिकको चासोको विषय हो । सार्वजनिक निकायका पदाधिकारीमार्फत सार्वजनिक खरिदसम्बन्धी कारबाही प्रारम्भ हुन्छ ।