काठमाडौंदेखि महोत्तरीको बर्दीबाससम्मको कुल दूरी एक सय ९८ किलोमिटर छ । बीपी राजमार्गको रुपमा स्थापित सो सडक मार्गमा चल्ने विद्युतीय सवारीले कुल तीन सय रुपैयाँ बराबरको बिजुली खपत गर्छ । सोही रामार्ग भएर चल्ने पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारीसाधनले चार हजार रुपैयाँ बराबरको इन्धन खपत गर्छ ।