तमोर कोरिडोरको सडक कालोपत्रको ठेक्का खुल्यो

पाँचथर – पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्न छोटो दुरीको रूपमा रहेको तमोर कोरिडोर सडक कालोपत्रको ठेक्का खुलेको छ । चतरा–मूलघाट–सुभाङखोला–गणेश चोक सडक अन्तर्गत पाँचथरको गणेशचोक–मूलघाट सडक कालोपत्र गर्नका लागि ठेक्का खुलेको हो । एक सय १० किलोमिटर सडक कालोपत्र गर्नका लागि ठेक्का खुलेको आयोजना प्रमुख कुबेर नेपालीलले बताउनुभयो । एक महिनासम्मकाे अवधि ताेकेर सडक दुई खण्डमा कालोपत्र गर्ने ठेक्का खुलेको हाे । झन्डै पाँच अर्ब ६७ करोड रुपैयाँमा ठेक्का खुलेको हो । आर्थिक ...

सम्बन्धित सामग्री

प्रचण्डका घरबेटी अधिकारीको ठेक्का रद्द गर्न बाटो खुल्यो, बालेनलाई थाम्दै देउवा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारीको शैलुङ इन्टरप्राइजेजले पाएको बालाजु-त्रिशुली-छहरे-विदुरको ठेक्का रद्द भएको छ। ठेक्का लिएको आठ वर्षसम्म पनि निर्माण पूरा नगरेपछि सडक विभाग अन्तर्गतको बालाजु-त्रिशुली-छहरे-विदुर सडक सुधार तथा विकास आयोजनाले ठेक्का रद्द गर्ने निर्णय गत असार ५ गते गरेको थियो। जिल्ला अदालत ललिपुरमा दायर मुद्दामा दिइएको अल्पकालीन आदेश […]

तमोर करिडोर कालोपत्रेका लागि ठेक्का खुल्यो

पूर्वी पहाडको ‘लाइफलाइन’ को रुपमा हेरीएको सडकको कालोपत्रे गर्ने ठेक्का खुलेसँगै यो क्षेत्रका बासिन्दा उत्साहित भएका छन्। गणेश चोकदेखि मुलघाटसम्मको १ सय १० किलोमीटर सडक कलोपत्रे गर्नका लागि ठेक्का खुलेको आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिए।...

निर्माण शुरु भएको डेढ दशकपछि धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

वैशाख ६, धनगढी । धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया शुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ ।  कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दिपायल द्रुतमार्गको ट्रयाक पूरा भएको हो । धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ ।  कैलाली खण्डमा पर्ने बबैना–ओजेनामा तीन किलोमिटरमा ट्रयाक खोल्ने काम भएसँगै अब ग्रेडिङ गर्ने कार्य अघि बढाइने आयोजनाका इञ्जीनियर दिनेश रैखोलाले जानकारी दिए । विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्ने कार्य थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि कैलालीको स्याउलेबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो । अहिले सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्र निर्माणका लागि काम शुरु भएको छ । खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रू. १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलव ४ किलोमिटरमा कालोपत्र गर्नका लागि काम शुरु भएको हो । ठेक्का सम्झौताअनुसार धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित पिपलचौताराको सामुदायिक प्रहरी कार्यालयबाट स्याउलेमा पर्ने पूर्वपश्चिम राजमार्गभन्दा केही माथिसम्म कालोपत्र गरिने इञ्जीनियर रैखोलाले बताए ।  उनले गत आर्थिक वर्षको असार २० गते आउँदो ३० महीनामा कालोपत्र गरिसक्ने गरी ठेक्का सम्झौता भएको बताए । धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालू आवमा धनगढीबाट १३ दशमलव ४ किलोमिटर र डोटीको दिपायलबाट ९ दशमलव ५ किलोमिटर सडकमा कालोपत्र गर्ने सम्झौता भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।  आयोजनाका इञ्जीनियर रैखोलाका अनुसार धनगढी–स्याउ सडकखण्ड कालोपत्रका लागि अहिले सो सडकखण्डको दायाँबायाँ दुवैतर्फ नाली निर्माण गरी सडकको तह मिलाउने काम भइरहेको छ । यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री चिलोचन भट्टले सोमवार सो सडकखण्डको स्थलगत अनुगमन गरेका छन् ।  अनुगमनका क्रममा सो द्रुतमार्गको ट्रयाक खोल्ने काम सम्पन्न भएपछि थप स्तरोन्नतिको कार्यले गति लिने उनले बताए । रासस

१४ वर्षपछि खुल्यो धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक !

धनगढी :  धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुलेको छ। संघीय सरकारले योजना कार्यालय स्थापना गर्दै निर्माण गरिरहेको सडकको ट्रयाक निर्माण शुरु भएको १४ वर्षपछि खुलेको हो। धनगढीदेखि दिपायलसम्म ८५ किलोमिटर ट्रयाक खोलिएको योजना प्रमुख लक्ष्मण रावलले बताए।‘मोड सुधार र केही ठाउँमा ग्रेडको काम मात्रै बाँकी छ’, रावलले भने, ‘धनगढीदेखि दिपायलसम्म फास्ट ट्रयाक नै भएर गाडी चलाउन मिल्ने गरी सडक तयार भइसकेको छ।’ उनका अनुसार अहिले पनि ८ वटा ठेक्का चालू अवस्थामा छन् भने केहीको अवधि

महाकाली करिडोर अन्तर्गत दार्चुला–तिंकर सडकमा ७५० मिटर ट्र्याक खुल्यो

पुस १९, दार्चुला ।  महाकाली करिडोर अन्तर्गत  दार्चुला–तिंकर सडकमा ७५० मिटर ट्र्याक खुलेको छ । सरकारले सेनालाई ७५ किमी ट्र्याक खोल्न जिम्मेवारी दिएकोमा गत मंसिर मसान्तसम्ममा चार मिटर चौडाइको सो सडक खुलाइएको हो ।  महाकाली नदी किनारै किनार र केही भित्री भाग हुँदै निर्माण हुने सो सडक निर्माणले स्थानीयवासीको जनजीवन सजिलो हुने अपेक्षा गरिएको छ । सरकारले गत वर्ष वैशाख १४ गतेको मन्त्रिपरिषद् निर्णयानुसार कोठेघर–तिंकर सडक सेनालाई दिएको थियो ।  सुरुमा लम्बाइ ८७ किमी रहेकोमा सर्वेक्षणपछि ७५ किमी मात्रै भएको सेनाको विकास निर्माण निर्देशनालयका प्राविधिक सहायक रथी कमलविक्रम शाहले बताए । सेनाले गत माघ २८ गते क्याम्प निर्माण गरेको थियो ।  दार्चुला सदरमुकाम खलंगाबाट ४० किमीमाथि सुनसरा र ६० किमीमाथि पर्ने दुम्लिङमा क्याम्प निर्माण भइसकेको निर्देशनालयले जानकारी दिएको छ । कोठेधारदेखि दुम्लिङसम्म पाँच ठाउँमा ‘कम्प्रेशर मेसिन’ प्रयोग गरी सडक खोल्ने काम भइरहेको प्राविधिक सहायक रथी शाहले बताए ।  यी ठाउँमा माल गाउँमा दुई, सक्नेरीमा एक, फुल्सिङमा एक र दुम्लिङमा एक रहेको छ । सडक रेखांकन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ब्लाष्टिङ गर्दा ढुंगाको टुक्रा सीमापारी जानु समस्याका रुपमा रहेको उनले बताए । कूटनीतिक रुपमा समन्वय गर्दा निर्माणअघि बढाउन सजिलो हुने उनको भनाइ छ । दार्चुला–तिंकर सडकमा पर्ने सुनसेरादेखि कोठेधार सात किमी सडक विभागबाट निर्माण भइरहेको थियो । सडक विभागले ठेक्कामार्फत ट्र्याक खुलाउन शुरु गरेकामा अहिलेसम्म तुसारपानीसम्म मात्रै ट्र्याक खोलिएको छ ।  तीन किमी ट्र्याक खोलिएकामा बाँकी चार किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई नै दिँदा काम चाँडो गर्न सकिने प्राविधिक सहायक रथी शाहले बताए ।  तुसारपानीबाट कोठेधारसम्मको खण्डमा ट्रयाक खोल्न बाँकी हुँदा सेनालाई आवश्यक सामग्री र बन्दोबस्तीका सामान ढुवानीमा गाह्रो भएको छ । उनले भने, ‘दार्चुला–तिंकर सडक भौगोलिक रुपमा विकट र कठिन भुवनोटका कारणले निर्माण सामग्रीको उपलब्धता र ढुवानी गर्न गाह्रो भएको छ ।’  चालू आवमा सो योजनाको बजेट रू. २२ करोड ५० लाख रहेको थियो । चालू आवमा नै दार्चुला व्यास गाउँपालिका–१ मा पर्ने छाङ्ग्रुमा एउटा क्याम्प स्थापना गर्ने लक्ष्य सेनाको रहेकोे छ । चालू आवभित्रै सात किमी नयाँ ट्र्याक खाल्ने लक्ष्य लिइएको छ ।  चार मिटर चौडाइको तीन किमी र छ मिटर लम्बाइको चार किमी ट्र्याक खोल्ने लक्ष्य लिइएको हो । उनले भने, ‘त्यहीअनुसार काम भइरहेको छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले ब्रम्हदेबदेखि तिंकरसम्म ४२५ किमी सडकमा ८७ किमी सेनालाई दिइएको बताए । सेनाले काम गरिरहेको बाहेक बाँकी खण्डमा विभागले ठेक्कामार्फत सडक निर्माण अघि बढाएको छ ।  विभागले निर्माण गरिरहेको सडक सेनालाई ८७ किमी काम गर्न पनि पहुँचमार्ग भएको र अहिलेसम्म त्यो नसकिँदा सेनालाई काममा बाधा पुगेको उनले बताए ।  सेना आफैले ट्र्याक खोल्दा चाँडो हुने भएकाले अहिले ठेक्का तोडेर सेनालाई जिम्मेवारी दिन लागिएको छ । उनले भने, ‘मेरो टेबुलसम्म फाइल आइपुगेको छ, अब सेनालाई नै जिम्मेवारी दिने गरी निर्णय हुनेछ ।’ सो सडकमा निर्माणका क्रममा बजेटको अभाव हुन नदिइने सचिव श्रेष्ठले बताए । सडक सकेसम्म सरकारको योजनाअनुसार नै चौडाइ कायम गराउनु पर्नेमा उनको जोड छ । सडक विभागले कम्तीमा सात मिटर चौडाइ बनाएपछि सेनाले निर्माण गरिरहेका सडकमा चौडाइ कम रहेको पाइन्छ ।  सेनाले सडक निर्माण सकाएर गाडी गुड्न थालेपछि विस्तार यातायात अवरुद्ध गर्नुपर्ने हुँदा गाहे हुने उनले बताए । उनले भने, ‘सेनाले नै ट्र्याक खोलेका पाँच छ मिटर चौडाइमा अहिले विभागले सात मिटरमा विस्तार गरिरहेको छ ।’ रासस