पूर्वी पहाडको ‘लाइफलाइन’ को रुपमा हेरीएको सडकको कालोपत्रे गर्ने ठेक्का खुलेसँगै यो क्षेत्रका बासिन्दा उत्साहित भएका छन्। गणेश चोकदेखि मुलघाटसम्मको १ सय १० किलोमीटर सडक कलोपत्रे गर्नका लागि ठेक्का खुलेको आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिए।...
पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो ।
काठमाडौं : तमोर करिडोर आयोजना अन्तर्गत पर्ने चतरा-मुलघाट-सुभाङखोलासम्मको पहिलो खण्डको कालोपत्रे गर्न साढे २ अर्बमा ठेक्का लागेको छ। आयोजनाले साउन १८ गते ठेक्का आह्वान गरेको थियो।
ठेक्कामा १३ वटा निर्माण कम्पनीको आवेदन परेको थियो। तर, प्राविधिक मूल्यांकन गर्दा जम्मा ४ वटा निर्माण कम्पनीहरु मात्र आर्थिक प्रस्तावका लागि छनोट भएका थिए।…
ताप्लेजुङ - सरकारले हिमाली जिल्ला ताप्लेजुङबाट तराई जोडिएको तमोर करिडोर कालोपत्र गर्ने भएको छ । पूर्वी पहाडी जिल्लाको विकाससँग प्रत्यक्ष जोडिएको तमोर करिडोर कालोपत्र भएपछि चार घण्टामै ताप्लेजुङबाट तराई पुग्न सकिने छ।
करिडोर कालोपत्रका लागि बहुवर्षीय ठेक्का सम्बन्धमा ५ अर्ब ७६ करोड ८५ लाख रुपैयाँमा विनियोजन भएको छ । २०७९ साल वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले करिडोरलाई बहुवर्षीय योजनामा लैजान र निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार न...