महाकाली करिडोर अन्तर्गत दार्चुला–तिंकर सडकमा ७५० मिटर ट्र्याक खुल्यो

पुस १९, दार्चुला ।  महाकाली करिडोर अन्तर्गत  दार्चुला–तिंकर सडकमा ७५० मिटर ट्र्याक खुलेको छ । सरकारले सेनालाई ७५ किमी ट्र्याक खोल्न जिम्मेवारी दिएकोमा गत मंसिर मसान्तसम्ममा चार मिटर चौडाइको सो सडक खुलाइएको हो ।  महाकाली नदी किनारै किनार र केही भित्री भाग हुँदै निर्माण हुने सो सडक निर्माणले स्थानीयवासीको जनजीवन सजिलो हुने अपेक्षा गरिएको छ । सरकारले गत वर्ष वैशाख १४ गतेको मन्त्रिपरिषद् निर्णयानुसार कोठेघर–तिंकर सडक सेनालाई दिएको थियो ।  सुरुमा लम्बाइ ८७ किमी रहेकोमा सर्वेक्षणपछि ७५ किमी मात्रै भएको सेनाको विकास निर्माण निर्देशनालयका प्राविधिक सहायक रथी कमलविक्रम शाहले बताए । सेनाले गत माघ २८ गते क्याम्प निर्माण गरेको थियो ।  दार्चुला सदरमुकाम खलंगाबाट ४० किमीमाथि सुनसरा र ६० किमीमाथि पर्ने दुम्लिङमा क्याम्प निर्माण भइसकेको निर्देशनालयले जानकारी दिएको छ । कोठेधारदेखि दुम्लिङसम्म पाँच ठाउँमा ‘कम्प्रेशर मेसिन’ प्रयोग गरी सडक खोल्ने काम भइरहेको प्राविधिक सहायक रथी शाहले बताए ।  यी ठाउँमा माल गाउँमा दुई, सक्नेरीमा एक, फुल्सिङमा एक र दुम्लिङमा एक रहेको छ । सडक रेखांकन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ब्लाष्टिङ गर्दा ढुंगाको टुक्रा सीमापारी जानु समस्याका रुपमा रहेको उनले बताए । कूटनीतिक रुपमा समन्वय गर्दा निर्माणअघि बढाउन सजिलो हुने उनको भनाइ छ । दार्चुला–तिंकर सडकमा पर्ने सुनसेरादेखि कोठेधार सात किमी सडक विभागबाट निर्माण भइरहेको थियो । सडक विभागले ठेक्कामार्फत ट्र्याक खुलाउन शुरु गरेकामा अहिलेसम्म तुसारपानीसम्म मात्रै ट्र्याक खोलिएको छ ।  तीन किमी ट्र्याक खोलिएकामा बाँकी चार किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई नै दिँदा काम चाँडो गर्न सकिने प्राविधिक सहायक रथी शाहले बताए ।  तुसारपानीबाट कोठेधारसम्मको खण्डमा ट्रयाक खोल्न बाँकी हुँदा सेनालाई आवश्यक सामग्री र बन्दोबस्तीका सामान ढुवानीमा गाह्रो भएको छ । उनले भने, ‘दार्चुला–तिंकर सडक भौगोलिक रुपमा विकट र कठिन भुवनोटका कारणले निर्माण सामग्रीको उपलब्धता र ढुवानी गर्न गाह्रो भएको छ ।’  चालू आवमा सो योजनाको बजेट रू. २२ करोड ५० लाख रहेको थियो । चालू आवमा नै दार्चुला व्यास गाउँपालिका–१ मा पर्ने छाङ्ग्रुमा एउटा क्याम्प स्थापना गर्ने लक्ष्य सेनाको रहेकोे छ । चालू आवभित्रै सात किमी नयाँ ट्र्याक खाल्ने लक्ष्य लिइएको छ ।  चार मिटर चौडाइको तीन किमी र छ मिटर लम्बाइको चार किमी ट्र्याक खोल्ने लक्ष्य लिइएको हो । उनले भने, ‘त्यहीअनुसार काम भइरहेको छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले ब्रम्हदेबदेखि तिंकरसम्म ४२५ किमी सडकमा ८७ किमी सेनालाई दिइएको बताए । सेनाले काम गरिरहेको बाहेक बाँकी खण्डमा विभागले ठेक्कामार्फत सडक निर्माण अघि बढाएको छ ।  विभागले निर्माण गरिरहेको सडक सेनालाई ८७ किमी काम गर्न पनि पहुँचमार्ग भएको र अहिलेसम्म त्यो नसकिँदा सेनालाई काममा बाधा पुगेको उनले बताए ।  सेना आफैले ट्र्याक खोल्दा चाँडो हुने भएकाले अहिले ठेक्का तोडेर सेनालाई जिम्मेवारी दिन लागिएको छ । उनले भने, ‘मेरो टेबुलसम्म फाइल आइपुगेको छ, अब सेनालाई नै जिम्मेवारी दिने गरी निर्णय हुनेछ ।’ सो सडकमा निर्माणका क्रममा बजेटको अभाव हुन नदिइने सचिव श्रेष्ठले बताए । सडक सकेसम्म सरकारको योजनाअनुसार नै चौडाइ कायम गराउनु पर्नेमा उनको जोड छ । सडक विभागले कम्तीमा सात मिटर चौडाइ बनाएपछि सेनाले निर्माण गरिरहेका सडकमा चौडाइ कम रहेको पाइन्छ ।  सेनाले सडक निर्माण सकाएर गाडी गुड्न थालेपछि विस्तार यातायात अवरुद्ध गर्नुपर्ने हुँदा गाहे हुने उनले बताए । उनले भने, ‘सेनाले नै ट्र्याक खोलेका पाँच छ मिटर चौडाइमा अहिले विभागले सात मिटरमा विस्तार गरिरहेको छ ।’ रासस

सम्बन्धित सामग्री

महाकाली करिडोर : अझै कटान भएनन् रूख

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाकासम्म जोड्ने महाकाली करिडोरअन्तर्गत रूख कटानको आदेश नआउँदा समस्या भएको छ । योजनाअन्तर्गत ‘ट्र्याक’ खोल्नअघि रूख कटानको आदेश आउनुपर्ने भए पनि करिडोरको एउटा प्योजकको कटान आदेश अझै आइसकेको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी नाका तिङ्कर भञ्ज्याङसम्म चार सय १३ किलोमिटर सडक करिडोरअन्तर्गत १३ वर्षदेखि निर्माणाधीन छ । पछिल्लो समय नेपाल–भारत र चीनसितको त्रिदेशीय नाकाका रूपमा विकास गर्ने योजनासहित अघि सारिएको करिडोरअन्तर्गत डडेलधुरामा ३१ किलोमिटर खण्डमा पर्ने ६ हजार ९४ रूख कटानको आदेश नआउँदा ट्र्याक खोल्न ढिलाइ भएको छ । सडक आयोजनाअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको जोडबुढा क्षेत्रको १५ किलोमिटर शून्य विन्दुमा ट्र्याक खोल्न रु पाँच करोड ५० लाखका ठेक्का सम्झौता भएको थियो । सो प्याकेजको ट्र्याक खोल्ने काम सकिएको छ । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मणदत्त जोशीले ब्रह्मदेवदेखि डडेलधुराको ३८ किलोमिटरसम्म सडकको ट्र्याक खोलिएको जानकारी दिए । ‘करिडोरअन्तर्गत चारवटै जिल्लामा गरेर १९ हजार ६६ वटा रूख÷पोल पर्छन्,’ प्रमुख जोशीले भने, ‘डडेलधुरामा ३८ देखि ६९ किलोमिटरमा पर्ने ३१ किलोमिटरमा पर्ने रूख कटानको आदेश आइसकेको छैन ।’ लामो समय रूख कटानको आदेश नआउँदा करिडोरको ट्र्याक खुलाउने काम प्रभावित थियो । ‘३१ किलोमिटर खण्डमा ६ हजार ९४ रूख कटान बाँकी छ ।’ उनले भने, ‘पूरै गरेर एक सय किलोमिटर ट्र्याक खुलाउने काम अझै बाँकी छ ।’ करिडोरअन्तर्गत तीन सय ३४ योजना कार्यालय र ७९ किलोमिटर खण्ड ट्र्याक खुलाउने कामको जिम्मेवारी नेपाली सेनाले निर्वाह गरिरहेको छ । गत आर्थिक वर्षको तुलनामा बजेटसमेत घटेर आएकाले निर्माण गरेबापतको रकम दिन लगायतको काममा प्रभावित हुने अवस्था छ । चालु आर्थिक वर्षमा आयोजनालाई काम गर्नका लागि रु २९ करोड ६ लाख मात्रै बजेट विनियोजन भएको छ । गत आर्थिक वर्षमा भने रु ४० करोड बजेट आएको जोशीको भनाइ छ । उनका अनुसार करिडोरअन्तर्गत अहिले पाँचओटा प्याकेजमा ट्र्याक खुलाउने काम भइरहेको छ । करिडोरअन्तर्गत डडेलधुरामा १० हजार चार सय ७६, बैतडीमा चार हजार पाँच सय ९६ र दार्चुलामा दुई हजार ४३ रूख कटान पर्छन् । रासस

रूख कटानको आदेश पर्खाइमा महाकाली करिडोर

महेन्द्रनगर – साढे १२ वर्षअघि सुरु भएको महाकाली करिडोर सडक निर्माण योजनाले अझै रूख कटानको पूर्ण आदेश पाउन सकेको छैन। नेपाल, भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको अधिकांश काम वनको रूख कटानको आदेश नआउँदा प्रभावित बनेको छ। सडक आयोजनाअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोडबुढा क्षेत्रको १५ किलोमिटर […]

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्रे

महेन्द्रनगर । कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा भइरहेका छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिका छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर सडक […]

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्र

कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिका छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।उक्त योजनाको सुरुआत बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा कामका लागि ठेक्का भए पनि रुख कटानको प्रक्रियाले काम नै सुरु हुन सकेको छैन । कञ्चनपुरक

महाकाली करिडोर : १२ वर्षमा ३० किलोमिटर मात्रै कालोपत्रे

महेन्द्रनगर – कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिका छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडक मात्रै […]

महाकाली करिडोर : १२ वर्षमा जम्मा ३० किलोमिटर सडक कालोपत्रे

कञ्चनपुर - नेपाल, भारत र चीनसँगकाे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन । २०६६ सालदेखि सुरु भएको निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडकमात्रै कालोपत्र भएको छ ।  कञ्चनपुरको ब्रह्मदेवबाट डडेलधुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने योजनाअन्तर्गत ४ सय १३ किलोमिटर सडक निर्माण हुँदैछ । निर्माणको काम सुस्त गतिमा भइरहेको छ । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इञ्जीनियर मिलन घतानीले करिडोर निर्माणअन्तर्गत सबैतिर ट्रय...

महाकाली करिडोर : १२ वर्षमा ३० किलोमिटर सडक मात्र कालोपत्रे

नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति सन्तोषजनक छैन ।विसं २०६६ देखि सुरु भएको निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदैछ । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इन्जिनियर मिलन घतानीले करिडोर निर्माणअन्तर्गत सबैतिर ट्र्याक खोल्ने काम भइरहेको बताए । &ldqu

महाकाली करिडोर : १२ वर्षमा ३० किलोमिटर सडक मात्र कालोपत्रे

काठमाडौँ- नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति सन्तोषजनक छैन । विसं २०६६ देखि सुरु भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदैछ […]

महाकाली करिडोर : ४२५ किलोमिटर मध्ये १६० किलोमिटर ट्रयाक खुल्यो

किरन धामी, दार्चुला । महाकाली करिडोर अन्तरगत पर्ने महाकाली लोकमार्गको हाल सम्म १ सय ६० किलोमिटर ट्रयाक खुलिसकेको छ । कञ्चनपुर देखि सुरु भइ दार्चुलाको तिंकरसम्म जोड्ने लोकमार्गको कुल ४ सय २५ किलोमिटर मध्ये हाल सम्म १ सय ६० किलोमिटर सडकको ट्रयाक खुलेको महाकाली लोकमार्ग (दार्चुला टिंकर सडक) योजनाका प्रमुख आशुतोष कर्णले जानकारी दिनुभयो । […]

महाकाली करिडोर निर्माणका लागि एक अर्ब

कञ्चनपुरको ब्रह्मदेबदेखि दार्चुलाको तिङ्करसम्मको महाकाली कोरिडोरको कार्य अगाडि बढ्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा कोरिडोरका लागि सरकारले एक अर्ब तीन करोड बजेट विनियोजन गरेको छ । तीन वर्षमा निर्माण पूरा गर्ने गरी चालु आर्थिक वर्षमा कोरिडोरलाई बहुवर्षे ठेक्कामा राखेर ९० करोड बजेट विनियोजन गरिएको थियो । आगामी वर्षका लागि पनि बजेट विनियोजन गरेपछि कोरिडोरको निर्माण कार्य अघि बढाउन सहज हुने भएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताए । करिडोर निर्माणको कार्यका लागि बजेटको सुनिश्चितता गरिएकाले कार्य अघि ...