आधा दर्जन विधेयक ल्याउने तयारीमा वाग्मती प्रदेश सरकार

हेटौँडा : वाग्मती प्रदेश सरकारले आधा दर्जन विधेयक ल्याउने भएको छ। मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा प्रदेश सरकार गठन भएको ३ महिनामा सरकारले आधा दर्जन विधेयक एकैपटक प्रदेशसभामा पेश गर्न लागेको हो। एक वर्षदेखि प्रदेशसभाले बिजनेस नै नपाउँदा अलमल बढेको थियो। अघिल्लो सरकारले ल्याएका केही विधेयक पनि हाल समितिमा विचाराधिन छन्। प्रदेशसभा…

सम्बन्धित सामग्री

बजेट बनाउने चटारोमा वाग्मती प्रदेश, मन्त्रालयमा योजना माग्नेको भिड

हेटौंडा : वाग्मती प्रदेश सरकार यति बेला आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट निर्माणको तयारीमा छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले बजेटको शिलिङ मन्त्रालयहरुमा पठाइसकेको छ। त्यही अनुसार बजेट तयार गर्न थालिएको हो। मन्त्रालयहरुले बितेको आर्थिक वर्षमा प्राप्त गरेको बजेटको शिलिङ भन्दा यसपटक १० प्रतिशत कम…

वाग्मती प्रदेश सरकार गठनका लागि दाबी पेस गर्न आहृवान

काठमाडौं, २१ पुस ।  वाग्मती प्रदेशमा नयाँ सरकार गठनका दाबी पेस गर्न आहृवान गरिएको छ। बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आहृवान गरेका हुन्। ‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत […]

तीनओटा रासायनिक मल कारखाना स्थापना गर्ने तयारीमा वाग्मती प्रदेश सरकार

माघ १८, हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनओटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ ।  थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना  खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमवार बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी दिएको छ । वाग्मती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल पनि भइरहेको जानकारी दिँदै त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग पनि छलफल गर्ने बताए ।  धेरै खर्चभन्दा सानो खर्चमा हुने उद्योग खोल्ने उनले बताए । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालन हुने बहुवर्षीय ठेक्काको पनि मापदण्ड तय गर्ने र प्रदेश किताबखाना  सञ्चालनमा ल्याउने निर्णयसमेत बैठकले गरेको छ । बैठकले सामुदायिक विद्यालयमा अध्ययन गरेका सबै छात्रालाई स्नाकोत्तरको शिक्षा निःशुल्क गर्नेसमेत निर्णय भएको प्रवक्ता खनालले जानकारी दिए । रासस

२०७८ भित्र बालविवाह मुक्त प्रदेश बनाउन असफल भयो वाग्मती प्रदेश सरकार

हेटौँडा : २०७८ भित्र बालविवाह मुक्त प्रदेश बनाउने वाग्मती प्रदेश सरकारको लक्ष्य असफल भएको छ। बालविवाह मुक्त घोषणा गर्न नसक्ने भएपछि वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयलले म्याद सकिएका स्वयंसेवकहरुको म्याद पनि नथप्ने भएको छ। स्वयंसेवकहरुबाट सफलता हात नमिलेपछि उनीहरुको म्याद नथपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। वाग्मतीमा बालविवाह मुक्त गर्न…

वाग्मती प्रदेश सरकार परिवर्तन स्वीकार्य छैन : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाग्मती प्रदेशमा सरकार परिवर्तन गर्न गरिएको प्रस्तावप्रति आपत्ति जनाएका छन् । ‘पार्टीको आगामी महाधिवेशनलाई लक्षित गरी अढाइ महिनाका लागि कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषय अस्वीकार्य छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । यसअघि एमाले नेतृत्वको बाग्मती प्रदेश सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन एकिकृत समाजवादी पार्टीलाई प्रस्ताव […]

वाग्मती प्रदेश सरकार: पूर्णता नपाउँदै धरापमा

संघीय प्रतिनिधिसभाको निर्वाचनमा यी दुवैलाई टिकट नदिएर मुख्यमन्त्री बनाउने भन्दै प्रदेशसभा निर्वाचनमा टिकट दिइएको थियो। नेपाल खेमामा रहेका दुवैले चुनाव जिते। चुनाव जितेपछि अध्यक्ष ओलीकै प्रत्यक्ष दबाबमा उनीहरूलाई प्रदेशसभा संसदीय दलको नेतामा सर्वसम्मत हुन ...

लिच्छवि र मल्लकालीन सम्पदा जोगाउँदै वाग्मती प्रदेश सरकार

असार १०, मकवानपुर । वाग्मती प्रदेश सरकारले लिच्छवि र मल्लकालीन प्राचीन सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने योजना अघि सारेको छ ।  भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले लिच्छवि र मल्लकालीन समयमा निर्माण गरिएको तर संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका ढुंगेधारा तथा विभिन्न गढीलाई मौलिकताको आधारमा पुनर्निर्माणको काममा तीव्रता दिएको हो ।  भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका त्यस्ता प्राचिन सम्पदाहरूलाई मौलिकताका आधारमा पुनर्निर्माणको काममा तीव्रता दिएको बताए ।  उनले मकवानपुरको थाहा नगरपालिका–२ पुरानो पालुङ गाउँस्थित दुई, वडा नम्वर–९ चित्लाङको गुर्जुधारा र नारायणहिटीमा गरी आठ तथा हेटौँडा उपमहानगरपालिका–९ मा एउटा गरी ११ ओटा ढुंगेधाराको पुनर्निर्माणको काम भइसकेको र यही असार मसान्त भित्रमा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरिएको जानकारी दिए ।  मन्त्री फुँयालका अनुसार नुवाकोट, काठमाडौं जिल्लाको शंकरापुर र मनोहरा नगरपालिका क्षेत्रमा क्रमशः एक/एक ओटा गरी ३ ओटा ढुंगेधाराको निर्माण कार्य सम्पन्न भइसकेको र यही असार मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।  प्रदेश सरकारले प्रदेशको १३ ओटै जिल्लामा वनस्पतिको उत्पादन, जैविक विविधता र सिमसारको संरक्षण तथा बर्खे पानीको थोपा संकलन गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउँदै उनले जनतालाई रोजगारीको अवसर उपलब्ध गराउन सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयसँग सहकार्य भइरहेको छ भने ।  मन्त्री फुँयालले प्रदेशको विभिन्न जिल्लामा कृषि शीतभण्डार भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै कृषि उत्पादन र पशुपालनलाई उच्च प्राथमिकतामा राखेर कृषकलाई आर्थिक आत्मनिर्भरतातर्फ उन्नमुख गराउन सरकारको लक्ष्य रहेको बताए ।  उनले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा ३० ओटा विद्युतीय बस खरीद गरी २०७९ जेठको दोस्रो हप्तासम्ममा हेटौँडाबाट काठमाडौंसहित विभिन्न सात शहरमा यातायात सञ्चालन गर्ने योजना प्रदेश पूर्वाधार यातायात व्यवस्था निर्देशनालयले अगाडि बढाइसकेको जानकारी दिए ।  उनका अनुसार हेटौँडा, भरतपुर, काठमाडौं, सिन्धुलीलगायत सातओटा स्थानमा स्थानीय तहद्वारा उपलब्ध गराएको जग्गामा नेपाल विद्युत् प्राधिकरणमार्फत विद्युतीय चार्जिङ स्टेशनको निर्माण कार्य प्रारम्भ भइसकेको छ ।  मन्त्री फुँयालले प्रदेश सरकारले सङ्घीय सरकारसँग सहकार्य गरेर हेटौँडाबाट काठमाडौं जोडिने भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी चार वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ अन्तरराष्ट्रिय वोलपत्र आह्वान भइसकेको र केही महीनाभित्रै सरकार तथा निर्माण कम्पनीबीच सम्झौता सम्पन्न हुने जानकारी दिए ।  प्रदेश सरकारले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने अभियान अन्तर्गत सबै नागरिकलाई अनिवार्य रुपमा खोप लगाउने, संक्रमणबाट प्रभावित भएका बिरामीलाई उपचारका लागि तत्काल सहजीकरण गर्ने र कोभिड अस्पतालहरुमा अनिवार्य रुपमा अक्सिजन प्लान्ट स्थापनाका लागि वोलपत्र आह्वान गर्ने बताउँदै उनले पाँच ओटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइरहेको पनि जानकारी दिए । रासस

मकवानपुरगढी नयाँ पर्यटकीय गन्तव्य बन्दै, बाग्मती प्रदेश सरकारले लगानी गर्दै

हेटौंडा । नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा रु दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ । वाग्मती प्रदेश सरकार र गाउँपालिकाको रु दुई करोड लगानीमा त्यस क्षेत्रमा पदमार्ग, कोसेली घर, शौचालय, बगैँचा, टिकटघर, सुरक्षाका लागि घर निर्माणको काम भएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी