हेटौंडा । नयाँ पर्यटकीय गन्तव्यका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा रु दुई करोड ५० लाखको लगानीमा ऋषेश्वर गुफा तथा खुडेधार विस्तारको कार्य भइरहेको छ । वाग्मती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ । वाग्मती प्रदेश सरकार र गाउँपालिकाको रु दुई करोड लगानीमा त्यस क्षेत्रमा पदमार्ग, कोसेली घर, शौचालय, बगैँचा, टिकटघर, सुरक्षाका लागि घर निर्माणको काम भएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी