गत आर्थिक वर्षमा अघिल्लो वर्ष भन्दा १२ प्रतिशत बजेट बढी खर्च गर्न सफल वाग्मती प्रदेश

हेटौँडा : वाग्मती प्रदेश सरकार अघिल्लो आर्थिक वर्ष भन्दा गत आवमा करिब १२ प्रतिशत बजेट बढी खर्च गरेको छ। आव २०७६/०७७ मा प्रदेश सरकारले ५८.७१ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको थियो भने २०७७/०७८ मा ७० प्रतिशत बजेट खर्च गर्न सफल भएको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए। आर्थिक मामिला…

सम्बन्धित सामग्री

पहिलो त्रैमासमा सरकार ४६ अर्ब घाटामा

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा आम्दानीभन्दा ४५ अर्ब ९४ करोड रूपैयाँ बढी खर्च गरेको छ।...

असारमा मात्र सरकारले साँढे दुई खर्बभन्दा बढी खर्च गर्यो

आर्थिक वर्ष सुरु भएपछिको ११ महिनासम्म बजेट खर्चमा नियमित प्रक्रिया र चल्ती अनुसार चल्ने सरकार असार महिना लागेपछि भने आक्रामक हुने गरेको छ । गत गत आर्थिक वर्षमा पनि सरकारले यस्तै प्रवृत्तिले निरन्तरता पाएको छ । असार महिनामा मात्रै सरकारले झण्डै १८ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार असार महिनामा मात्रै …

पालिकाको परामर्श सेवामा बढी खर्च

कञ्चनपुरका नौवटै पालिकाले विगत तीन वर्षको आर्थिक परामर्श सेवा खरिदमा करिब ९९ सय प्रतिशत डीपीआर निर्माणका आयोजनामा खर्च गरेको पाइएको छ । डीपीआर निर्माणका आयोजनामा बढी खर्च गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी परेको छ । महालेखाको प्रतिवेदनअनुसार कञ्चनपुरका स्थानीय तहले आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्ममा परामर्श सेवामा १३ करोड ७४ […]

दिक्तेल रुपाकोट मझुवागढीमा सवारी मर्मत र इन्धनमा एक करोड बढी खर्च

खोटाङ, साउन १५ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा सवारीसाधन मर्मत र इन्धन खरिदमा रु एक करोड सात लाख ४० हजार एक सय ३९ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार नगरपालिकाले सवारीसाधन मर्मतमा रु ५३ लाख ५८ हजार छ सय ५४ र इन्धन खरिदमा रु ५३ […]

आर्थिक वर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

सरकारको खर्चमध्ये सबैभन्दा बढी खर्च चालुमा देखिएको छ। १० खर्ब ६५ अर्ब २९ करोढ ३९ लाख बराबरको चालु खर्च गर्ने लक्ष्य राखेको सरकारले हालसम्म आठ खर्ब ६६ अर्ब ९० करोड ६० लाख अर्थात् ८१.३८ प्रतिशत खर्च गरेको छ।...

नियमावली मिचेरै सरकारले गर्‍यो ७ अर्बभन्दा बढी खर्च

आर्थिक वर्ष २०७६/७७मा विभिन्न सरकारी निकायले ७ अर्ब २१ करोड रुपैयाँ स्विकृत बजेटभन्दा बढी खर्च गरेका छन् ।  विभिन्न निकायले स्विकृत बजेटभन्दा बढी खर्च गरेको पाइएको महालेखा परीक्षकको ५८ वार्षिक प्रतिवेदनले देखाएको छ । एकल खाता कोष प्रणाली लागू भएको अवस्थामा स्वीकृत बजेटभन्दा बढी निकासा दिन नमिल्नेमा बजेटभन्दा बढी निकासा हुन गएको पाइएको महालेखा परीक्षकको ५८ वार्षिक प्रतिवेदनले भनेको छ ।

४० वटा नेपाली नियोगले एक वर्षमा गरे ४ अर्ब २३ करोडभन्दा बढी खर्च

काठमाडौं।विदेशस्थित नेपाली नियोगले एक वर्षको अवधिमा ४अर्ब२३करोड९६लाख७ हजार रुपैयाँ खर्च गरेका छन्।परराष्ट्र मन्त्रालयकाअनुसार ३० दूतावास,३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी ४० वटा नेपाली नियोगले गत आर्थिक वर्ष २०७७/७८ मा उक्त खर्च गरेका हुन्।गत वर्ष ती नियोगहरुको लागि कूल ४अर्ब६७करोड८१लाख२९हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो।औसतमा एक वर्षमा एउटा नियोगले साढे १० करोड रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको देखिन्छ।

आर्थिक वर्ष सकिनै लाग्दा दैनिक एक अर्ब बढी खर्च गर्दै सरकार

आर्थिक वर्ष सकिन अब १८ दिनमात्र बाँकी छ । यही बेला सरकार विकासे खर्चको दबाबमा देखिएको छ । विकास खर्च बढाउन दैनिक एक अर्ब रुपैयाँ बढी पुँजीगत खर्च हुने गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ । असार लागेयता पुँजीगत खर्च १३ अर्ब १९ करोड २३ लाख रुपैयाँ भएको छ । हालसम्म पुँजीगत खर्च लक्ष्यको जम्मा ४४.३९ प्रतिशत मात्रै खर्च भएको  छ  ।तर चालु खर्च भने ७६.८५ प्रतिशत भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा पुँजीगत शीर्षकमा कूल तीन खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ खर्च गर