काठमाडौँ। सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध परेको मुद्दामाथि आज पनि सुनुवाइ हुन सकेन। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको थियो। यसअघिको इजलासबाट सुनुवाइका लागि तोकिएको मुद्दामा आज ‘हेर्न नभ्याइने’मा परेको हो। यो मुद्दा ३०औँ नम्बरमा थियो। त्यसअघिका मुद्दा हेर्दामै समय लाग्ने भएपछि टिकटक प्रतिबन्ध विरुद्धको मुद्दामा सुनुवाइ नहुने […]