औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले अक्सिजन अभावको परिपुर्तिको लागि चीन र भारतबाट लिक्विड अक्सिजन ल्याउन आवश्यक रहेको बताएका छन् । सिलिण्डर पर्याप्त छ तर अक्सिजन प्लान्टको क्यापिसिटी वृद्धि गर्न आवश्यक रहेको उनको भनाई छ । १५ दिन भित्र बालाजु औद्योगिक क्षेत्रमा ५० किलोलिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक राखिने पनि उनले बताए ।