मोतीपुर घटनाका मृतक परिवारलाई जनही ५ लाख

सरकारले रुपन्देहीको मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई जनही ५ लाख राहत उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । यसअघि नै सरकारले मृतकका परिवारलाई किरिया खर्च स्वरुप ५० हजार दिइसकेकोमा मन्त्रिपरिषद्ले थप ५ लाख दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सुकुम्बासीको नाममा जग्गा हडप्ने क्रममा भएको झडपमा ४ जनाको मृत्यु भएको थियो ।