काठमाडौं : नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नेसम्बन्धी सम्पूर्ण काम हाललाई अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।नेपालकाे लागि नेपाली पार्टीको तर्फबाट आतिस कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाइ निगमको निजीकरण रोक्न रिट दायर गरेका थिए ।उक्त रिटमाथि आइतबार सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निगम निजीकरणसम्बन्धी अहिलेसम्म भएगरेका प्रक्रियाको आवश्यक कागजात लिएर जवाफसहित १५ दिनभित्र उपस्थित हुन पनि आदेश जारी गरेको छ। निगम निजिकरण गर्न