अहिले चल्तीमा रहेका कागजी मुद्रा वा सिक्काको विकल्पका रूपमा विभिन्न देशका केन्द्रीय बैंकले परीक्षण गरिरहेको विद्युतीय मुद्रा प्रयोगमा ल्याउन नेपाल राष्ट्र बैंकले पनि थप पहल अघि बढाउने भएको छ । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा सीबीडीसीको प्रारुप तयार गर्ने उल्लेख छ ।
८ चैत, काठमाडौं । डिजिटल मुद्रा ल्याउन कानुन संशोधनको प्रस्ताव गरेको छ । प्रतिनिधि सभामा दर्ता भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस सम्बन्धी व्यवस्था छ । डिजिटल मुद्रालाई परिभाषा खण्डमै राखिएको छ । ‘डिजिटल मुद्रा भन्नाले राष्ट्र बैंकबाट जारी भएको डिजिटल मुद्रा सम्झनुपर्छ’ प्रस्तावित विधेयकमा छ । […]
विभिन्न देशहरूबीचको लेनदेनमा उपयोगी हुने गरी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले हालै मात्र सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) का लागि प्लाटफर्म निर्माणको घोषणा गरेको छ । नेपालजस्ता संघर्षशील देशका केन्द्रीय बैंकलाई डिजिटल मुद्रा प्रचलनमा ल्याउन यसले सहज हुने ठानिएको छ । नेपाल राष्ट्र बैंकले आईएमएफको पहलको प्रशंसा गर्दै सीबीडीसी कार्यान्वयनका लागि अन्तर्राष्ट्रियस्तरबाटै प्रोत्साहनको माहोल बनेको प्रतिक्रिया दिएको छ ।
नेपालले आफ्नै डिजिटल मुद्रा ल्याउने तयारी गर्न छुट्टै टिम आवश्यक रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
बिहीबार राष्ट्र बैंकले देशको आफ्नै डिजिटल मुद्रा ल्याउन सक्ने उपायहरूबारे अवधारणापत्र सार्वजनिक गर्दै यस्तो...
निकट भविष्यमा भुक्तानी प्रणालीको दक्षता र सुरक्षामा सुधारका लागि ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ (सीबीडीसी) सञ्चालनमा ल्याउन सकिने बहस विश्वभर चलिरहेको छ । वित्तीय कारोबारमा डिजिटल मुद्राको प्रयोग गर्न सकिने वा नसकिनेबारे केन्द्रीय बैंक र नियामकहरूले अध्ययन गरिरहेका छन् । उनीहरू विश्वभर सीबीडीसी कार्यान्वयनका लागि एउटा निश्चित फ्रेमवर्क तयार पारेर जानुपर्नेमा सहमत छन् ताकि मुद्रा कारोबारको प्रविधि, ढाँचा र बजारका अभ्यासमा एकरूपता कायम गर्न सकियोस् र त्यसलाई समयानुकूल परिवर्तनसमेत गर्दै लैजान सकियोस् ।