जनकपुरधाम – प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सञ्चार मन्त्रालय मातहतका संस्थाहरुका पदाधिकारीलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। सम्बन्धित मन्त्रालयको मन्त्री फेरिएपछि मन्त्रीद्वारा नियुक्त पदाधिकारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा मन्त्री साहले जोड दिए। प्रेस सेन्टर नेपाल धनुषाको बिहीबार भएको दोस्रो अधिवेशनमा सहभागी भएका मन्त्री साहले अहिले गठबन्धनको सरकार रहेको र सञ्चार […]