काठमाडौं : नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन्।
प्रधानमन्त्री देउवाले नै हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनाका लागि निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनअनुसार नै आइतवार बिहान हमालले राजीनामा गरेका हुन्।
विभिन्न संचार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न…