सयपत्री हाइड्रोपावरको आइपिओ खुल्यो

सयपत्री हाइड्रोपावर लिमिटेडको आइपिओ खुलेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा आइपिओ खोलेको हो । कम्पनीले सर्वसाधारणका लागि सात लाख २१ हजार ६० कित्ता साधारण सेयर...

सम्बन्धित सामग्री

यी ४ तरिकाबाट हेर्न सकिन्छ सयपत्री हाइड्रोको आईपिओ नतिजा

सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज  बिहान  क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो।आईपिओको नतिजा केहि समयपछि सार्वजनिक हुने छ । सार्वजनिक भएपछि विभिन्न ४ तरिकाबाट आइपिओ नतिजा हेर्न सकिने छ ।  जस अनुसार बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट https://www.niblcapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र सयपत्री  हाइड्रो कम्पनीको वेबसाइट  http://sayapatrihydropower.com/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । क्यापिटलका अनुसार  कम्पनीको आईपिओमा १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जस मध्ये ८७३ जनाको आवेदन अयोग्य रहेको क्यापिटलले जनाएको छ । त्यस्तै स्थानीयतर्फ शेयर पाएर सर्वसाधारणको शेयरको लागि पनि आवेदन दिएका २३१ जनाको आवेदन पनि रद्द भएको छ । शेयर पाउन योग्य रहेका आवेदकको संख्या १४ लाख १२ हजार ४ सय् ६८ जना रहेको र उनीहरुलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । जस अनुसार गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आईपिओमा आवेदन दिने १३ लाख ४६ हजार ५ सय १४ जना आवेदक हात खाली भएका छन् । कम्पनीले साउन १३ गतेदेखि  साउन १७ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको  १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३६ हजार  ५३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने १४ लाख ४ सय २१ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।   नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।

जलविद्युत् आयोजना प्रभावितका लागि ‘आइपिओ’ खुला

सयपत्री हाइड्रोपावरले आयोजा प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।

जलविद्युत् आयोजना प्रभावितका लागि ‘आइपिओ’ खुला

बागलुङ– सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो । आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण शेयरको बिक्री खुला […]

जलविद्युत् आयोजना प्रभावितका लागि ‘आइपिओ’ खुला

काठमाडौँ,३ असार । सयपत्री हाइड्रोपावरले आयोजा प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता प्राररम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण शेयरको […]

जलविद्युत् आयोजना प्रभावितका लागि ‘आइपिओ’ खुला

सयपत्री हाइड्रोपावरले आयोजा प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ।...

सयपत्री हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौँ,२४ जेठ । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । आयोजनाले प्रभाव पार्ने बाग्लुङ […]

सयपत्री हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

सयपत्री हाइड्रोपावरको आईपीओ आउँदै

सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।आयोजनाले प्रभाव पार्ने बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीयवासीले आगामी असार १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३१ सम्म न्यूनतम १० कित्ता

सयपत्री हाइड्रोको साधारणसभा आह्वान , आईपिओ निष्काशन पनि एजेण्डामा

सयपत्री हाइड्रोपावर लिमीटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते शुक्रबार चाबहिल स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा आईपिओ निष्काशन गर्ने बारेको विशेष प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ । कम्पनीले ३ लाख कित्ता आइपिओ निश्काशन गर्ने तयारी गरेको छ । कम्पनीले पहिलो चरणमा बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आर्इपिओ जारी गर्न लागेको हो। एक सय रुपैयाँ अंकित दरका कुल ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आर्इपिओ निष्काशनको लागि अनुमति माग गर्दै साउन २३ गते धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ  । कम्पनीले  २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको छ । स्थानीय र सर्वसाधारण गरी कम्पनीले कुल ९ करोडको ९ लाख कित्ता आईपिओ निष्काशन  गर्ने छ । त्यस्तै साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष ७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान प्रतिवेदन लगायतका अन्य वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने , ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ ।कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजनाले बिद्युत उत्पादन थालेको १ बर्ष भएको छ ।