काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरिरहेका छन्। देउवाले बोलाएपछि अध्यक्षद्वय यादव र ठाकुर बूढानीलकण्ठ पुगेका हुन्। पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि पार्टी अध्यक्षलाई देउवाले बोलाएको लोसपा नेता सुरेन्द्र झाले बताए। बूढानीलकण्ठ वार्तामा मधेश सरकार गठनको विषयमा छलफल हुने जनाइएको छ।