काठमाडौं : रुसले ११ औँ दिन पनि युक्रेनमाथिको आक्रमण जारी राखेको छ। राजधानी किभको उत्तर–पश्चिमी सहर इरपिनमा लगातार बमबारी गरिरहेको छ। इरपिनमा रुसी सेनाले रातभरि नै गोलाबारी र बमवर्षा गरेको जनाइएको छ। निरन्तरको गोलाबारीका बीचमा इरपिनका स्थानीयवासी सहर छोडेर भाग्ने प्रयास गरिरहेका छन्। यस क्षेत्रमा बम वर्षा गराउँदै रुसी सेनाको ठूलो डफ्फा राजधानी किभतर्फ अघि बढेको छ। यस्तै मारियुपोल र भोल्नोभाखा सहरमा रुसी सेनाले गरेको युद्धबिराम आफैले उल्लंघन गरेको छ। सहर नियन्त्रणमा लिएपछि युद