काठमाण्डाै – महापर्व छठ समारोह समितिले छठ पर्व मनाउनका लागि यही कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन काठमाण्डौ महानगरपालिकालाई पुनः आग्रह गरेको छ ।
समितिले शनिबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाण्डौ महानगरपालिकालाई आग्रह गरेको हो । समितिले गएकाे असोज ७ गते छठ पर्व मनाउनका लागि यही स्थान उपलब्ध गराउन काठमाण्डौ महानगरपालिकालाई निवेदन दिएको थियो । त्यसको सुनुवाई नभएपछि आफूहरुले पत्रकार सम्मेलनमार्फत् सो स्थान उपलब्ध गराउ...